News Portal

  • गम्भीर संक्रमितलाई नै छैन शय्या

    १८५८ पटक

    काठमाडौं, १७ कार्तिक । गम्भीर प्रकृतिका कोरोना भाइरस संक्रमित अस्पतालमा सहजै शय्या नपाउँदा होम आइसोलेसनमा बस्न बाध्य भएका छन् । अस्पतालले सजिलैसँग शय्या उपलब्ध नगराउँदा गम्भीर प्रकृतिका संक्रमित ज्यान जोखिममा राखेर होम आइसोलेसनमा बस्न बाध्य भएका हुन् ।

    गत बुधबार कोरोना परीक्षण गर्दा काठमाडौंको कीर्तिपुर बस्दै आएका ४१ वर्षीय कपिल बस्नेतको रिपोर्ट पोजेटिभ आयो । उनलाई अत्यधिक ज्वरो आयो । पखाला पनि लाग्यो । उनी आत्तिए । उनलाई अस्पताल लैजान खोजिए पनि परिवारका सदस्यले कतै पनि शय्या खाली नभएको जवाफ पाए ।

    कपिलका भाइ सबिन बस्नेतले भने, ‘दाइ धेरै बिरामी हुनुभयो, अस्पतालहरूमा धाएँ । तर धेरै अस्पतालले बेड खाली छैन भने । अनि नजिकैका चिकित्सकको सल्लाहमा दाइलाई औषधि खुवाएर घरमै राख्न बाध्य भयौं ।’

    आइतबार देशभर ३७ हजार ७ सय ६५ सक्रिय संक्रमितमध्ये ३० हजार ९ सय ८६ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै बाग्मती प्रदेशमा १७ हजार ८ सय ३४ जना होम आइसोलेसनमा छन् ।

    प्रदेश १ मा ६ हजार ३ सय २२, प्रदेश २ मा १ हजार ७०, लुम्बिनी प्रदेशमा ३ हजार ६६, सुदूरपश्चिम प्रदेशमा ८६५, गण्डकी प्रदेशमा १३५९ र कर्णाली प्रदेशमा ४७० जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यस्तै, देशभर गम्भीर प्रकृतिका संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ३ सय ६१ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । ७८ जना भेन्टिलेटरमा र २ सय ८३ जना संक्रमित आईसीयूमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।

    आईसीयूमा रहेका संक्रमितमध्ये सबैभन्दा बढी बाग्मती प्रदेशमा १८० जना आईसीयू र ५८ जना भेन्टिलेटरमा छन् । लुम्बिनी प्रदेशमा ३९ जना आईसीयू र ५ जना भेन्टिलेटरमा, प्रदेश १ मा २९ जना आईसीयू र १२ जना भेन्टिलेटरमा र प्रदेश २ मा ११ आईसीयूमा उपचाररत छन् । सुदूरपश्चिममा ५ आईसीयू र १ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा १५ जना आईसीयू र २ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ४ जना आईसीयूमा उपचाररत छन् ।

    आइतबार देशभर २ हजार ८ सय २५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार देशभर ३ हजार ६ सय २० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या १ लाख ३४ हजार ८ सय ४२ पुगेको छ ।

    आइतबार १३ हजार २३ जनाको पीसीआर परीक्षण भएको थियो । देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ जना पुगेको छ । आइतबार २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ६० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि शनिबार १७ जनाको मृत्यु भएको थियो ।

    आइतबार काठमाडौं उपत्यकामा १ हजार ६ सय २२ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १ हजार ३ सय ६२, भक्तपुरमा ९६ र ललितपुरमा १६४ जना थप संक्रमित भेटिएका हुन् । राजधानी दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...