News Portal

  • तिहारअघि नै फूलको माग उच्च

    रासस
    ८३० पटक

    झापा, २४ कार्तिक । फूलको पर्व अर्थात् नेपालीको दोस्रो ठूलो चाडका रूपमा रहेको तिहार नजिकएसँगै सयपत्री फूलको माग बढेको छ ।

    जिल्लामा व्यावसायिक खेती गर्दै आएका विर्तामोड, मेचीनगर, भद्रपुरलगायतका क्षेत्रका किसानले लगाएको फूलको तिहार आउनुभन्दा १ हप्ताअघिदेखि नै माग बढेको हो ।

    गत वर्षदेखि व्यावसायिक रूपमा सयपत्री फूलको खेती शुरू गरेका साहित्यकार खगिन्द्रा खुशीको बारीमा यतिबला ढकमक्क कलकत्ते जातको सयपत्री फूल फुलेको छ । भद्रपुर नगरपालिका–७ इलुबारीमा १० कठ्ठा जग्गा भाडामा लिएर उनले फूलखेती गरेकी हुन् ।

    विगतमा सहकारीको साधारसभा, जिल्लामा हुने कार्यक्रममा समेत फूलको माला बेच्दै आएकी उनलाई यस वर्ष भने तिहारको माग धान्न मुश्किल छ । ‘फूल फूलाउनु मात्र पर्दोरहेछ, किन्ने व्यापारी बारीमै आउँछन्,’ उनले भनिन् ।

    बिर्तामोड नगरपालिका–४ मा ५ जना महिला मिलेर १५ कठ्ठा जमीनमा सामूहिक फूलखेती गरेका छन् । गोमा भट्टराई, नैनकला भट्टराई, यशोदा चापागाई, शर्मिला अधिकारी र सुष्मा भण्डारीले लगाएको फूल पनि ढकमक्क फुलेको छ । ‘तिहारका लागि फूल राखिदिनुपर्‍यो भन्दै फोन गरेर नाम टिपाउने दैनिक १० देखि १५ जना छन्,’ गोमा भट्टाराईले भने, ‘विगतको तुलनामा खेती कम गरियो माग बढ्यो । माग धान्न समस्या पर्ने भयो । मालाको अडर आइरहेको छ ।’

    उनले यसपालि लामो समय वर्षा परेका कारण विगतमा जस्तो फूल नफस्टाएको बताए । ३ हजारदेखि तीन हजार ५०० सम्म माला हुने अनुमान गर्दै उनले ५० देखि ६० रुपैयाँसम्ममा प्रतिगोटा बिक्री हुने बताए ।

    मेचीनगर–९ मा ‘डीएन्डडी बायोप्लान्टेक’ नामक कम्पनी दर्ता गरेर विगत ६ वर्षदेखि नर्सरी व्यवसायमा लागेका डिल्लीराम उप्रेतीले गत वर्षदेखि १० कट्ठा जग्गा भाडामा लिएर सयपत्री फूलको खेती शुरू गरेका छन् ।

    विगतमा भन्दा यस वर्ष सयपत्री फूलको मालाको माग बढिरहेको उनले बताए । ‘विगतमा भारतीय माला पनि आउथ्यो । यस वर्ष एशोसिएसन अफ नेपाली एग्रीकल्चर जर्नलिस्टले कोभिड–१९ का कारण भारतीय माला नल्याउने निर्णयसँगै हाम्रो फूलको माग बढेको छ,’ उनले भने, ‘तर माग धान्न गाह्रो छ ।’

    इलाम, मोरङ, सुनसरी लगायतबाट फूलको माग भए पनि आफ्नै जिल्लामा पुर्‍याउन गाह्रो भइरहेको उनले बताए । उनले विगतमा लक्ष्मीपूजाको दिन फूल टिप्न सयदेखि ५०० जनासम्म हुने गरे पनि यस वर्ष कोभिड–१९ का कारण एकपटकमा १० जनाभन्दा बढीलाई बारीमा पस्न नदिने बताए ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...