News Portal

  • प्रचण्डसँग मनमुटावपछि नेतृत्व नयाँ पुस्तामा सार्न ओलीको प्रस्ताव

    १७१८ पटक

    काठमाडौं, १३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन्। कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले कात्तिक २८ गते सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनको जवाफ दिन ओलीले तयार पारेको प्रतिवेदनमा नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्नुपर्ने उल्लेख रहेको स्रोतले बतायो ।

    दाहालले लगाएको आरोपको खण्डन गर्दै प्रतिवेदन तयार पारेका प्रधानमन्त्रीसमेत रहेका ओलीले पार्टीको नेतृत्व लिन नयाँ पुस्ता सक्षम भइसकेकाले सहज ढंगले हस्तान्तरण गर्ने विषयलाई जोड दिएको उनी पक्षका एक नेताले बताए । ‘मुलुकको कार्यकारी प्रमुख तथा पार्टीका प्रथम अध्यक्ष भएकाले उहाँ (ओली) को जवाफ गैरराजनीतिक र गैरजिम्मेवार हुँदैन,’ ती नेताले भने, ‘देश र पार्टीको आजको आवश्यकता र भोलिको सही बाटो के हुने भन्ने दिशानिर्देश प्रतिवेदनले गर्नेछ ।’

    ओलीले सचिवालयमा प्रस्तुत गर्ने सो प्रतिवेदनबारे आफ्नो टिमका नेताहरूसँग लामो छलफल गरेका छन् । ती नेताका अनुसार फर्जी विषय उठान गरेर आरोप लगाउने कुरा छैन तर आरोपको खण्डन भने यथार्थपरक ढंगले हुन्छ । ‘पार्टी एकता कमजोर पार्ने र फुटलाई बढावा दिने हिसाबले प्रधानमन्त्री एवं प्रथम अध्यक्ष ओलीको प्रतिवेदन आउँदैन, समस्याको निकास दिनेगरी आउँछ तर खण्डन गर्दा कतिपय विषय तीतो यथार्थ पनि हुन सक्छन्,’ ती नेताले भने। दाहालले व्यक्तिगत रूपमै आरोप लगाएपछि त्यसको खण्डन गर्नुपर्ने अवस्था आएको स्रोतको भनाइ छ ।

    यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

    प्रतिकृया दिनुहोस्

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...

    भक्तपुरका सफल व्यवसायी एवं समाजसेवी कासिछ्वालाई मातृशोक

    भक्तपुरका सफल व्यवसायी, युवा समाजसेवी, स्वतन्त्र अभियन्ता एवं खेलाडी श्रीभक्त कासिछ्वालाई मातृशोक परेको छ ।...