News Portal

  • भक्तपुरका सडक बत्ती र तारलाई व्यवस्थित बनाइने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २५ मङ्सिर
    १०४९ पटक
    भक्तपुर, २५ मङ्सिर

    भक्तपुर नगरपालिकाले नगर क्षेत्र भित्र नयाँ सडक बत्ती व्यवस्था गर्ने भएको छ भने बिजुली र केबुलका तारलाई क्रमस: भूमिगत बनाइने बताइएको छ ।

    प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सरोकारवालासहित बिहीवार बसेको बैठकले नगर क्षेत्रभित्र नयाँ सडक बत्ती व्यवस्था गर्ने योजनाअन्तर्गत नगरका विभिन्न स्थानहरुमा पुराना पोलहरु स्थानान्तरण गर्ने र तार तथा केबुलहरु व्यवस्थापन गर्ने विषयमा महत्वपूर्ण निर्णय लिएको नगरपालिकाले जनाएको छ ।

    नगरपालिकाकी प्रेस संयोजक कीर्तिका प्रजापतिका अनुसार उक्त बैठकले बैठकले विभिन्न सेवा प्रदायकहरुका केबुल तथा तारहरु, पोलहरुलाई सम्बन्धित निकाय तथा सरोकारवालाहरुले मापदण्डमा नियमित गर्न लगाई हालको अवस्थालाई सुधार एवं व्यवस्थित गर्ने निर्णय गरिएको बताइएको छ ।

    बैठकमा नगर प्रमुख प्रजापतिले ऐतिहासिक एवम् सांस्कृतिक नगर भक्तपुरको सुन्दरता कायम गर्न नगरभित्रका विभिन्न स्थानहरुमा छरपष्ट रुपमा राखिएका तारहरुलाई दीर्घकालीन रुपमा व्यवस्थित गर्दै तारहरु भूमिगत गर्ने क्रममा रहेको प्रष्ट पारेका थिए । नगरभित्रका छरपष्ट रहेका तार तथा केबुलहरुले नगरको स्वरुपलाई कुरुप बनाइरहेको बताउदै उनले सिंगो नगरलाई सुन्दर बनाउन सरोकारवाला सबैले आ–आफ्नो क्षेत्रबाट आवश्यक पहल र समन्वय गरिदिन पनि अनुरोध गरेका एक सहभागीले बताए ।

    उक्त अवसरमा प्रमुख प्रजापतिले नगरपालिका भित्रका सम्पदाहरुमा राखिएको रात्रीकालीन बत्ती व्यवस्थापनले आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनमा टेवा पुगिरहेको बारे चर्चा गर्दै पोल र तारहरु व्यवस्थित गरे सौन्दर्य बढ्ने र अव्यवस्थित हुँदा सौन्दर्य ओझेलमा पर्ने जिकिर गरेका थिए ।

    सो बैठकमा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, ख्वप इन्जिनियरिङ कलेजका राकेश ग्वाछाले भक्तपुर नगरका पोलहरुको अवस्थाबारे बताएका थिए । बैठकमा भक्तपुर नपाका जनप्रतिनिधि, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण, भक्तपुर नगर क्षेत्रमा केबुल तथा इन्टरनेट सेवा प्रदान गर्ने सेवा प्रदायकलगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...