News Portal

  • उदयपुर सिमेन्ट कारखानाको महाप्रबन्धकमा भक्तपुरका न्यौपाने नियुक्त

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २१ पुस
    २४८ पटक
    भक्तपुर, २१ पुस

    सरकारी स्वामित्वको उदयपुर सिमेन्ट कारखानाको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त भएका छन् । मन्त्रीपरिषद् बैठकले न्यौपानेलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    भक्तपुरको गठ्ठाघर निवासी न्यौपाने व्यवस्थापनको क्षेत्रमा अनुभवी छन् । चौधरी ग्रुपको महाप्रबन्धक रहेको अनुभव उनीसंग छ भने उनले व्यवस्थापन र कानुनमा स्नातकोत्तर गरेका छन् । उनी आफै पनि व्यवसायी हुन् । त्यसका अलावा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा समेत उनको संलग्नता रहेको छ । गठ्ठाघरस्थित नागरिक हेल्थ ट्रस्ट फन्डका अध्यक्ष रहेका न्यौपाने समाजसेवी समेत हुन् ।

    उद्योग मन्त्रालयको सिफारिस समितिको सिफारिसका आधारमा न्यापाने लाई मन्त्रिपरिषदले उदयपुर सिमेन्ट कारखानाको महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो । सिफारिसमा परेका ध्रुवबहादुर देवकोटा र भूपेन्द्रप्रसाद अर्याललाई पछि पार्दै न्यापाने नियुक्त हुन सफल भएका हुन् ।

    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्री ओलीलाई भित्तामा पुर्याइदिने चेतावनी

    आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई भित्तामा पुर्याइदिने चेतावनी दिएका...

    चाँगुनारायणमा जग्गा हेर्ने बहानामा ज्यान लिने मूख्य योजनाकार पक्राउ

    जग्गा हेर्ने बहानामा कुटपिट, लुटपाट र हत्यामा संलग्न भएको अभियोगमा मूख्य अभियुक्त पक्राउ परेका छन्...

    भक्तपुरमा नेता श्रेष्ठले भने : राष्ट्रबादी मुकुण्डो लगाएर प्रधानमन्त्रीले दलाली गरे

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले भक्तपुरको चारवटै नगरमा एकैपटक प्रतिगमन विरुद्ध विरोध प्रदर्शन...

    नेपाल बन्दकाे आह्वान !

    उच्च तहको नेता पक्राउ परेपछि प्रतिवन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रेस बक्तब्य जारी गरेका...

    प्रधानमन्त्री ओली देशमा बस्नै नसक्ने अवस्था आउने देउवाकाे दावी

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्ने विश्वास व्यक्त गरे । यदि...