News Portal

  • भक्तपुर आएर गगन थापाले भने – प्रधानमन्त्री कायर र भगौडा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २४ पुस
    १३७७ पटक
    भक्तपुर, २४ पुस

    नेपाली काँग्रेसका युवा नेता एवं पूर्वमन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली कायर र भगौडा भएको भनेका छन् । प्रधानमन्त्री ओली संसद फेस गर्न नसकी भागेका उनको भनाइ छ ।

    शुक्रवार भक्तपुरको ठिमीमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले आयोजना गरेको विरोध सभामा बाेल्दै नेता थापाले संसदीय समितिमा उपस्थित हुन असुरक्षा भएको भन्ने प्रधानमन्त्री अहिले संसद विघटन गरी देशब्यापी सभा गर्दै हिड्नुले उनी संसद देखि डराउने कायर भएको पुष्टि हुने बताए ।

    नेता थापाले ओलीको असंबैधानिक संसद विघटनलाइ अदालतले खारेज गर्ने जिकिर गरे । संसद पुनःस्थापना नै अहिलेको निकास भएको भन्दै उनले पुनःस्थापित संसद्ले असंवैधानिक कदम चाल्ने प्रधानमन्त्री ओलीसंगै राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि पदच्युत गर्ने बताए ।

    उक्त अवसरमा नेपाली काँग्रेसका भक्तपुर सभापति दुर्लभ थापाले प्रधानमन्त्री ओलीले संविधान विपरित प्रतिनिधि सभा भंग गरेका र यो कदम कम्युनिष्ट सर्व सत्ताबादको नमूना भएको भन्दै लोकतन्त्र र संविधानको रक्षाको लागि काँग्रेस लडिरहने बताए ।

    कार्यक्रममा जिल्ला नेताहरु सुरेन्द्र श्रेष्ठ, अन्जना देबी मधिकर्मीका साथै तरुण दलका सभापति जीतजंग बस्नेत, उपसभापति उत्तम चापागाँई र तरुण दल भक्तपुर सभापति राजु थापा,मध्यपुर थिमिका सभापति पुरु खड्का लगायतले सम्बोधन गरेका थिए ।

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...