News Portal

  • भक्तपुरको आठौं नगरसभा शुरु

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २९ पुस
    ४६४ पटक
    भक्तपुर, २९ पुस

    भक्तपुर नगरपालिकाको आठौं नगरसभा  बुधवारबाट सुरु भएकाे छ । नगर प्रमुख एवम् आठौं नगरसभाका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिकाको आठौं नगरसभा  बुधवारबाट सुरु भएको हो ।

    नगरसभा उद्घाटन निवर्तमान संघीय सांसद एवं नेमकिपाका सचिव प्रेम सुवालले गरेका हुन् ।  ख्वप विश्वविद्यालय सञ्चालन स्वीकृति नदिनुमा शासक दल जिम्मेवार भएको र शासक दल गरिब जनतालाई सस्तोमा गुणस्तरीय शिक्षा दिने पक्षमा नभएको भन्दै उनले सम्बन्धन प्राप्त  गर्न नगरपालिकालाइ निरन्तर लागिरहन आग्रह गरे  ।

    नगरसभा सुरु गर्दै सभाध्यक्ष प्रजापतिले सम्पूर्ण सभासद्हरुलाई आफ्नो विचार र सिद्धान्तलाई कायम गर्दै नगर र नगरबासीको सेवाको तत्पर भएर लाग्नुपर्ने बताएका छन् । उनले विचार र सिद्धान्त छोड्नु हिमालयमा चिप्लेटी खेल्नु जस्तै हुने भनी नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. रोहितले भन्नुभए जस्तै विचारमा अडिग भई इमानदारितापूर्वक जनप्रतिनिधिहरूले कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिए । प्रमुख  प्रजापतिले प्रतिनिधिसभा विघटनको बेला स्थानीय तहमा बसेर काम गर्ने जनप्रतिनिधिहरूको भूमिका अझ बढेको र थप सचेत भएर काम गर्नुपर्ने आवश्यकता औंल्याए ।

    यो हिउँदे नगरसभाले विशेषतः ऐन, नियम, कानुन र निर्देशिका निर्माण गर्ने प्रमुख प्रजापतिकाे भनाइ छ । विशेष अध्ययन र  सरसल्लाहबाट मात्रै नियम कानुन निर्माण गरिने बताउदै उनले सबै सदस्यहरुको सक्रिय सहभागिता रहने बिश्वास ब्यक्त गरे ।

    नगरसभाको अर्को बैठक माघ ४ गते आइतबार दिनको १ बजे बस्ने गरी सकिएको नगरपालिकाले जनाएकाे छ ।

    प्रतिकृया दिनुहोस्

    सल्लाघारीमा भयानक दुर्घटना : मोटरसाइकल चालक रजौरा रहेनन्

    गएराति करिब पौने ९ बजेको समयमा सल्लाघारीस्थित ट्राफिक लाइट चोकमा दुर्घटनाग्रस्त मोटरसाइकलका चालकको ज्यान गएको...

    बिजुक्छेलाई भेट्न निवासमै पुगिन् सिडिओ शर्मा

    भक्तपुर जिल्लामा सरुवा भै कार्यभार सम्हालेकी नयाँ सिडिओ रूद्रादेवी शर्माले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंसँग भेटवार्ता...

    नेपाली सेनाको ब्यवहार विरुद्ध खरिपाटीमा प्रदर्शन

    भक्तपुर । चाँगुनारायण नगरपालिका स्थित नेपाली सेनाको खरिपाटी तालिम केन्द्र हुँदै वडा नम्बर ५ जाने...

    प्रदिप तजको नेतृत्वमा अखिल(क्रान्तिकारी)को भक्तपुर जिल्ला समिति निर्वाचित

    नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)ले विद्यार्थी नेता प्रदिप तजको नेतृत्वमा भक्तपुर जिल्ला समिति...

    चाँगुनारायण नगरपालिका विश्वकै उत्कृष्ट १० मा परेको भ्रामक समाचारहरु असत्य सावित

    ‘विश्वकै उत्कृष्ट १० मा पर्‍यो चाँगुनारायण नगरपालिका’ शीर्षकमा समाचारहरु प्रकाशित भएपछि भक्तपुरको चाँगुनारायण नगरपालिका एकाएक...