News Portal

  • भक्तपुरमा काँग्रेसको छापामार शैलीमा राँके जुलुस : प्रहरी हैरान

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ७ माघ
    १०९२ पटक
    भक्तपुर, ७ माघ

    नेपाली काँग्रेसले बिहीवारका लागि तय गरेको वडास्तरीय प्रतिगमन बिरोधी कार्यक्रमको पूर्वसन्ध्यामा बुधवार राँके जुलुस गरेको छ ।भक्तपुरका बिभिन्न ठाउँमा छापामार शैलीमा काँग्रेसका कार्यकर्ताहरुले राँके जुलुस गरेपछि प्रहरी समेत हैरानीमा परेको छ ।

    बुधवार साँझ नेपाली काँग्रेस भक्तपुरका सचिव निशान ढुंगेल पनि जुलुसमा सहभागी भए । तरुण दलकाे आयाेजनामा  राँके जुलुस भएकाे हाे । सिर्जना नगर चौकमा आइपुगेपछि मात्र प्रहरीले राँके जुलुसबारे पत्तो पाएको थियो ।  प्रधानमन्त्री केपी ओलीको संसद विघटन बिरुद्ध नाराबाजी गर्दै कटुन्जेबाट आएको राँके जुलुस सृजनानगर चोकमा समापन भएको थियो ।

    फरक ठाउँ बाट जुलुस हुने सूचना पाएको प्रहरी प्रभाग कटुन्जेका प्रहरीहरु जुलुस हुन नदिन दिउँसैदेखि तैनाथ भएपनि उनीहरुलाई चक्मा दिंदै काँग्रेस कार्यकर्ताहरुले निर्धारित कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका हुन् ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...