News Portal

  • थिमि वृत्तका डिएसपी कँडेल एसपीमा बढुवा सिफारिस

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १२ माघ
    २८७ पटक
    भक्तपुर, १२ माघ

    नेपाल प्रहरीका १६ जना प्रहरी नायब उपरीक्षक(डिएसपी) लाई प्रहरी उपरीक्षक(एसपी) पदमा बढुवा सिफारिस गरिएको छ । सोमबार उनीहरु बढुवा सिफारिस भएका प्रहरी प्रधान कार्यालयले जनाएको हो ।

    कार्यालयले जनाए अनुसार सोमवार बसेको बढुवा समितिको बैठकले १६ जना डिएसपी एसपी बढुवाका लागि सिफारिस भएका हुन् । बढुवा समितिको सिफारिसमा पहिलो नम्बरमा भुवनेश्वर तिवारी परेका छन् भने दोस्रोमा ऋषिराम कँडेल रहेका छन् । कँडेल महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख हुन् ।

    यस अघिकै लटमा एसपी हुनुपर्ने भएतापनि सिफारिसमा उनको नाम अटाउन सकेको थिएन । यस पटक भने उनी गृह सचिव महेश्वर न्यौपाने र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको गृह जिल्लामा कार्यरत रहंदा बढुवा सिफारिस हुने भाग्यमानी बन्न सफल भएका छन् ।

    हेर्नुस बढुवा सिफारिसमा परेका १६ डिएसपी

     

    प्रतिकृया दिनुहोस्

    कोभिड असरका बाबजुद खेलकुद : भक्तपुरमा अन्तर नगर बुद्धिचाल प्रतियोगिता हुने

    भक्तपुर नगरपालिकाले गत वर्ष झैँ यस वर्ष पनि अन्तर नगर खेलकुद प्रतियोगिता र नगरब्यापी विद्यालय...

    राजधानीमा सूर्योदय

    भव्य समारोहका बीच राजधानीमा सूर्योदय गजल संग्रहको लोकार्पण भएको छ । डी. आर. न्यौपाने ‘सूर्य’...

    विप्लव समूहसंग रातारात सहमती नभएको प्रधानमन्त्रीकाे प्रष्टाेक्ति

    प्रधानमन्त्री केपी शर्मा ओलीले बिद्रोही दल विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी संग सम्पन्न सहमती रातारात...

    विप्लव नेतृत्वको बिद्रोही दल माथिको प्रतिबन्ध फुकुवा

    सरकारले प्रतिवन्धित बिद्रोही दल विप्लव नेतृत्वको नेकपाको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । बिहीबार...

    भक्तपुरकाे मल्लकालीन मठमा साधुको सामूहिक भाेज

    भक्तपुर: शुक्रबार बिहानको घामसँगै सहरको भित्री बस्तीमा भर्खर चहलपहल सुरु भएको थियो। दत्तात्रयको ठीकपछाडि पुजारी...