News Portal

  • सल्लाघारीमा इन्टरनेटको लाइन जोड्ने क्रममा गयो युवकको ज्यान

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ७ वैशाख, २०७८
    २६०८ पटक
    भक्तपुर, ७ वैशाख, २०७८

    भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारी आकाशे पुल नजिक इन्टरनेटको लाइन जोड्ने क्रममा करेन्ट लागी एक युवकको ज्यान गएको छ । स्थानीय भरतलाल श्रेष्ठको ६ तले पक्की घरमा लाइन जोड्ने क्रममा एक्कासी करेन्ट लागि लड्दा उनको ज्यान गएको हो ।

    ज्यान गुमाउने युवक सिन्धुपाल्चोक ईन्द्रावती गाँउपालिका वडा नं. २ कुन्चोक घर भई हाल भक्तपुरको राधे राधे बस्ने २० वर्षीय संजीव भारती भएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक गिरीले जानकारी दिए । मंगलवार दिउसो करिब पौने ३ बजे घरबाट लडेका उनलाई उपचारका लागी डा.ईवामुरा अस्पताल लगिएकोमा उपचारकै क्रममा करिब ४ बजे मृत्यु भएको डिएसपी गिरीले जनाएका छन् । अर्का कामदार सिन्धुली तीनपाटन गाँउपालिका वडा नं. १ घर भई हाल ठिमी बस्ने बर्ष ३२ को रोहित तामाङ सामान्य घाइते भएका छन् । घाइतेको इवामुरामा उपचार भैरहेको र उनी खतरामुक्त रहेको प्रहरीको भनाइ छ ।

    घटनास्थलमा महानगरीय प्रहरी वृत्त जगातीबाट इन्स्पेक्टर सूर्य बहादुर शाहीको कमाण्डमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान गरिएको बताइएको छ । प्रारम्भिक अनुसन्धानमा देखिए अनुसार पोलमा रहेका तामाङ सामान्य घाइते भएका र घरमा रहेका भारतीको ज्यान गएको छ । ६ तला पक्की घर माथीको रेलिङमा संजीव भारती गई केवल लाईनको तार समाती चेक गर्दा एक्कासी करेन्ट लाग्न गई ६ तला माथीबाट भुईमा खसी बज्रिन गई गम्भीर घाईते भएको र सल्लाघारी चोकमा रहेका प्रहरीले तत्कालै उनलाई उद्धार गरी अस्पताल पुर्याएपनि ज्यान बचाउन नसकिएको जगाती वृत्त प्रमुख राजेश थापाले बताए ।

    स्थानीय प्रत्यक्षदर्शीले भक्तपुर पोस्टलाई जानकारी गराए अनुसार केवल अपरेटर भारतीले लाइन जोड्न केबलको तार समाती तान्दा हाइटेन्सनको तारमा परेको र हाइभोल्टेजले तार जल्न गइ करेन्ट लागेको हो । करेन्ट लागेपछि उनी भुइमा बजारिएका थिए । भुइमा बजारिएका कारण उनको ज्यान गएको हो । पोलमा रहेका अर्का अपरेटर तामाङ्गलाई भने करेन्ट लागे पनि ज्यान जोगिएको छ । घटनास्थलमा २ मिनेटभित्रै प्रहरी आइ दुवै घाइतेलाइ उद्धार गरी अस्पताल लगेको प्रत्यक्षदर्शीले जानकारी गराए । दुर्घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

    (घटनास्थलको तस्वीर दुर्घटनापछि लिइएको हो ।) सच्याइएको : डेटलाइनमा अन्यथा भएकोले सच्याइएको छ ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...