News Portal

  • ३ दर्जन युवाहरु भित्राउदै मध्यपुर ३ मा वाइसिएलको वडा भेला सम्पन्न

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १३ बैशाख
    १०५३ पटक
    भक्तपुर, १३ बैशाख

    नेकपा (माओवादी केन्द्र) को युवा संगठन वाइसिएल, नेपालले मध्यपुर थिमिमा संगठन बिस्तार गरेको छ । मध्यपुर थिमि नगरपालिका वडा नम्बर ३ मा ३ दर्जन युवाहरुलाई भित्राउदै संगठन बिस्तार गरिएको हो ।

    सोमवार सम्पन्न वडा भेलामा उक्त वडाका ३ दर्जन युवाहरु विभिन्न पार्टी परित्याग गर्दै वाइसिएलमा संगठित भएका र उनीहरुलाई संगठनको सदस्यता वितरण गरी संगठित गरिएको निर्वाचन क्षेत्र नम्बर २ का संयोजक नरेश रन्जितले जानकारी गराए । नवप्रवेशी युवाहरुले वाइसिएल र माओवादी  परिवर्तनको पर्याय भएकोले यसको सदस्य हुनपाउदा गर्व लागेको प्रतिक्रिया दिएका थिए ।

    कौसल्टारस्थित वेभ सेकुवा कर्नरमा सम्पन्न वडा भेलाबाट एक छयालीस सदस्यीय वडा कमिटी समेत चयन गरिएको छ । उक्त कमिटीमा अमन सापकोटा संयोजक र सुनिल रंजित सहसंयोजक चयन भएका छन् ।

    उक्त अवसरमा वाइसिएलका भक्तपुर ईन्चार्ज एवं केन्द्रिय सदस्य दिनेश थपलिया आक्रोश, जिल्ला अध्यक्ष तथा प्रदेश सदस्य नरेश वाईवा, भक्तपुर २ नम्वर निर्वाचन क्षेत्रका अध्यक्ष तथा बागमती प्रदेश सदस्य नरेश रंजित, राजु कुटु, कान्छा कुमार कुटु लगायतको उपस्थिति रहेको थियो।

    भेलालाई सम्बोधन गर्दै वाइसिएलका भक्तपुर ईन्चार्ज दिनेश थपलिया आक्रोशले युवाहरु जागेपछि प्रतिगामीहरुको निन्द हराम हुने हुँदा युवाहरु सदैव जागा रहनुपर्नेमा जोड दिए । सुशासन र समाज रुपान्तरणका लागि लागिपर्न समेत उनले उक्त अवसरमा युवाहरुलाई निर्देशन दिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...