News Portal

  • कोरोनाविरुद्ध काँग्रेस भक्तपुरद्वारा दैवी शक्तिको आह्वान

    राजेशमान मानन्धर / भक्तपुर पोस्ट भक्तपुर, २२ जेठ २०७८
    १३८८ पटक
    भक्तपुर, २२ जेठ २०७८

    भक्तपुरमा नेपाली काँग्रेसका नेता कार्यकर्ताले एकाबिहानै मन्दिरमा गई पूजाअर्चना र दिप प्रज्वलन गरेका छन् । कोभिड १९ संक्रमणमा परी स्वास्थ्य लाभ गरिरहेका आफ्ना जिल्ला सभापति दुर्लभ थापा लगायत देशविदेशमा रही संक्रमणसंग जुधिरहेकाहरुको स्वास्थ्य लाभको कामनासहित उनीहरुले पूर्वनिर्धारित कार्यक्रम सम्पन्न गरेका हुन् ।

    जिल्लाका सबै वडामा पूजाअर्चना र दिप प्रज्वलनको कार्यक्रम सम्पन्न गरिएको नेपाली काँग्रेस भक्तपुरका सचिव निशान ढुंगेलले जनाएका छन् । शनिवार बिहान ७ बजे सम्बन्धित वडाको पायक पर्ने मन्दिरमा गई पूजा अर्चना र दिप प्रज्वलन गरी कोभिड बिरुद्ध दैवी शक्तिका लागि प्रार्थना गरिएको हो ।

    पार्टीका जिल्ला नेताहरु, जनप्रतिनिधि र स्थानीय नेताहरुको नेतृत्वमा नजिकको मन्दिरमा गई काँग्रेस कार्यकर्ताले पूजा आराधना र दिप प्रज्वलन गरेका हुन् । उक्त अवसरमा कार्यकर्ताहरु उत्साहित देखिएका र धार्मिक विश्वासलाई कोरोना बिरुद्धको शक्ति आर्जन गर्ने माध्यम बनाएका नेपाल पत्रकार महासंघ, भक्तपुरका अध्यक्ष समेत रहेका पत्रकार जगत प्रजापतिले जनाएका छन् ।

    नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले सुभेक्षाका लागि आम पार्टी पंतिप्रति आभार प्रकट गरेका छन् । आफ्नो कोभिड रिपोर्ट नेगेटिभ आइसकेको र आफू अस्पतालबाट डिस्चार्ज भै घरमै स्वास्थ्य लाभ गरिरहेको भन्दै उनले पार्टीका कार्यकर्ता, भक्तपुरबासी र आम संक्रमितहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरे ।

    चाँगुनारायणमा पूजा आराधना गरी उक्त कार्यक्रमको समापन गरिएको छ । जिल्ला उपसभापति हरिप्रसाद नेपाल,प्रदेश सांसद कृष्णलाल भँडेल,क्षेत्र नं. १ का क्षेत्रीय सभापति जीवनखत्री, क्षेत्र नं. २ का क्षेत्रीय सभापति नारायण खायमली लगायतको उक्त अवसरमा सहभागिता रहेको थियो ।

    चाँगुनारायण मन्दिरमा दिप प्रज्वलन कार्यक्रमको समापन गर्दै नेताहरुले कोरोना महामारी नियन्त्रणमा नलागेर सरकार असंबैधानिक, अविवेकी, अलोकलान्त्रिक र भ्रष्ट गतिविधिमा लिप्त भएकोले जनताका लागि कोभिड र ओली सरकार उत्तिकै घातक भएको भनेका छन् ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...