News Portal

  • चाँगुनारायणमा जेठ २५ र २६ गतेदेखि भेरोसिल खोपको पहिलो मात्रा दिइने

    भक्तपुरपोस्ट संवाददाता चाँगुनारायण, २३ जेठ २०७८
    २५५ पटक
    चाँगुनारायण, २३ जेठ २०७८

    चाँगुनारायण नगरपालिकामा कोरोना विरुद्धको भेरोसिल खोपको पहिलो मात्रा यहि जेठ २५ गते देखि दिन लागिएको छ ।  उक्त खोप ६० वर्ष देखि ६४ बर्ष सम्मका जेष्ठ नागरिकहरुलाई दिइने छ । उक्त खोप अभियान यहि जेठ २५ र २६ गतेका लागि मिलाइएको हो ।

    खोप दुवाकोट स्वास्थ्य चौकी १ मा १८२ जना ,दुवाकोट स्वास्थ्य चौकीमा १८७ जना , झौखेल स्वास्थ्य चौकी १६६ जना ,चाँगु स्वास्थ्य चौकी १६३ जना , छालिङ्ग स्वास्थ्य चौकी २५२ जना , नगरकोट स्वास्थ्य चौकी १५३ जना , बागीश्वरी स्वास्थ्य चौकी १५३ जना, सुडाल स्वास्थ्य चौकी २०९ जना र ताथली स्वास्थ्य चौकीमा १६५ जना गरि जम्मा १६४८ जनालाई  भेरोसिलको पहिलो खोप लाइने चाँगुनारायण नगरपालिकाले जनाएको छ ।

    उक्त खोप लगाउन जेष्ठ नागरिकलाई नागरिकताको प्रमाण पत्र वा उमेर खुल्ने परिचय पत्र अनिर्वाय ल्याउन समेत नगरपालिकाले आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    एमालेसंग चुनाव चिह्न बाहेक केहि बाँकी छैन : दाहाल

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं बागमती प्रदेश अध्यक्ष नारायण दाहालले नेकपा...

    खुशुको नेतृत्वमा अखिल(क्रान्तिकारी)को भक्तपुर नगर कमिटी निर्वाचित

    नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियू(क्रान्तिकारी) ले भक्तपुर नगर कमिटी बिस्तार गरेको छ । रुकेश...

    भक्तपुर सिडिओमा शर्मा

    भक्तपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी(सिडिओ)मा रुद्रा शर्माको सरुवा भएको छ । गृह मन्त्रालयले गुल्मी बाट...

    इन्द्रजात्रा मनाउन गुठि/समुदायसंग समन्वयकारी भूमिका रहन्छ- एसएसपी सिंह

    ऐतिहासिक राष्ट्रिय पर्व ‘इन्द्र जात्रा’ नजिकिदै गर्दा यस पटकको यो जात्रा कसरी सम्पन्न गर्ने भन्ने...

    सेलर्डले भक्तपुरका सञ्चारकर्मीलाई दरवारमा लगेर दियो तालिम

    बाल दिवसको अवसरमा भक्तपुरका सञ्चारकर्मीहरुका लागि मानव बेचबिखन तथा बाल संरक्षणबारे अभिमुखीकरण तालिम सम्पन्न भएको...