News Portal

  • भक्तपुरमा साउन ४ र ५ गते अमेरिकी खोप लगाइने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३१ असार २०७८
    ९९६ पटक
    भक्तपुर, ३१ असार २०७८

    भक्तपुरमा २० हजार बढीलाई कोभिड १९ विरुद्धको अमेरिकी खोप लगाइने भएको छ । साउन ४ र ५ गते उक्त खोप लगाइने कार्यक्रम रहेको हो ।

    जोन्सन एन्ड जोन्सनको अमेरिकी खोप ५० देखि ५४ वर्ष उमेर समूहका मानिसलाई लगाइने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका खोप अधिकृत प्रेमबहादुर श्रेष्ठले जनाएका छन् ।

    खोप अधिकृत श्रेष्ठका अनुसार उक्त खोप ५० बर्ष देखि ५४ वर्ष उमेर समूहबाहेक अपाङ्गता भएकाहरुका लागि पनि उपलब्ध भएको छ । उनले भक्तपुरका लागि पर्याप्त खोप उपलब्ध भएको समेत भनेका छन । भक्तपुरमा रहेका ५० देखि ५४ वर्ष उमेर समूहका करिब १५ हजार जनसंख्या त्यसैगरी अपाङ्गता भएकाको हकमा सबै उमेर समूहका जनसंख्या र स्वास्थ्यकर्मी तथा सरसफाईकर्मीहरुलाई समेत अमेरिकी खोप दिइने बताइएको छ । भक्तपुरमा साउन ४ र ५ गते सबै गरी करिब २० हजार जनसंख्याले अमेरिकी खोप लगाउने जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरको अनुमान छ ।

    अमेरिकी खोप एक डोज मात्रै लगाए पुग्ने बताइएको छ । यसका लागि जिल्लाका सबै नगरपालिकाका सबै वडाहरुमा खोप केन्द्र कायम गरिएको छ भने जिल्ला स्थित केहि अस्पतालमा समेत गरी ४० खोप केन्द्र रहेका छन् ।

    पत्रकारसंगको अन्तरक्रियामा खोप अधिकृत श्रेष्ठले अमेरिकी खोप सुरक्षीत रहेको अध्ययन र अनुसन्धानले पुष्टि गरेको भन्दै ढुक्क भएर खोप लगाउन सकिने बताएका छन् । खोप लगाउदा भवितव्य वा अन्य भित्रि रोगका कारण कुनै नकारात्मक प्रभाव देखिए यस्तो अवस्थाको लागि बिज्ञ चिकित्सकसहितको टोली तैनाथ गरिएकोले नकारात्मक प्रभाव देखिए तुरुन्त सम्पर्कमा आउनुपर्नेमा उनले जोड दिएका छन् ।

    खोप अधिकृत श्रेष्ठले भक्तपुरको खोप केन्द्रहरु व्यवस्थित रहेको र खोप दुरुपयोग समेत नभएको दावी गरेका छन् । उनले राजधानी काठमाडौमा भन्दा भक्तपुरमा खोप कार्यक्रम प्रभावकारी ढंगले अघि बढिरहेको समेत बताए । भक्तपुरमा १८ प्रतिसत जनसंख्याले कोभिड बिरुद्धको खोप पाइसकेको उनको भनाइ छ ।

     

     

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...