News Portal

  • बिजुक्छेसंग उत्तर कोरियाली राजदुतले खोले आन्तरिक कुरा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ७ साउन २०७८
    ७२३ पटक
    भक्तपुर, ७ साउन २०७८

    नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत जो योङ मानले आफ्नो देशको आणविक शक्तिबारे अवगत गराएका छन् । उनले कोरियाले आणविक शक्ति हासिल गरेकाले संसारको कुनै पनि देशले आफूहरुलाई झुकाउन नसक्ने अवस्थाबारे अवगत गराएका हुन् ।

    बिहीवार भक्तपुरमा नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)संगको भेटवार्तामा उनले भने, ”सुयोग्य नेतृत्व, एकताबद्ध जनता र आणविक शक्तिको विकासले गर्द अब कुनै पनि देशले प्रजग कोरियालाई झुकाउन सक्दैन ।”

    संयुक्त राज्य अमेरिकाले प्रजग कोरियासँग वार्ता गर्न खोजिरहेको खुलासा गर्दै राजदुत मानले वार्ताका लागि आफूहरु समेत सकारात्मक रहेको जानकारी गराए ।

    प्रजग कोरियाको सरकारले जनताको सेवामा समर्पित भएर काम गरिरहेको स्पष्ट पार्दै उनले नेमकिपाले प्रजग कोरिया र कोरियाली जनताप्रति देखाएको एक्यबद्धताको निम्ति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।

    उक्त अवसरमा नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले कोभिड महामारीले नेपाली जनतालाई समाजवादी र पुँजीवादी व्यवस्थाबीचको भेदबारे स्पष्ट हुने अवसर मिलेको बताए ।

    अध्यक्ष बिजुक्छेँले प्रजग कोरियाले जनतालाई केन्द्रविन्दुमा राखेर काम गरिरहेको कारण हरेक क्षेत्रमा सफलता मिलेको बताउदै प्रजग कोरिया कोभिडबाट पूर्ण सुरक्षित हुनुमा कोरियाली सरकारको निकै ठूलो भूमिका भएकोप्रति प्रशंसा व्यक्त गरे ।
    कम्युनिष्टहरुको निम्ति प्रजग कोरिया उदाहरणीय देश रहेको भन्दै बिजुक्छेंले किम जोङ उनको नेतृत्वमा कोरियाले प्रगति गरिरहेकोमा खुशी प्रकट गरेका थिए ।

    भेटमा नेमकिपाका तर्फबाट केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, बैकल्पिक केन्द्रीय सदस्य एवं बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाइँ, कोरियाली राजदूतावासका तर्फबाट सल्लाहकार किम जोन ह्योक र एम्बासी अफिसर पिक जिन ह्योकको उपस्थिति रहेको थियो ।

    उक्त टोलीले भक्तपुर नगरपालिकाको कार्यालय, बिबिध सास्कृतिक स्थलहरु, ख्वप इन्जिनियरिङ कलेजको अवलोकन गर्नुका साथै जुजु धौ बनाउने प्रक्रियाको पनि स्थलगत अवलोकन गरेका थिए । राजदुत मनले भक्तपुर नगरपालिकाले जनतालाई केन्द्रमा राखेर कामहरु गरिरहेको प्रति सन्तोष समेत व्यक्त गरे ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...