News Portal

  • युवा समाजसेवी बालाको उदाहरणीय कार्य : जन्मदिनको अवसरमा रक्तदान कार्यक्रम

    मदन ढुंगाना / भक्तपुर पोस्ट भक्तपुर, १० साउन २०७८
    १२८६ पटक
    भक्तपुर, १० साउन २०७८

    जन्मदिन मनाउने सबैका आफ्नै तरीका हुन्छन् तर कमै मानिसले मात्र समाजसेवा मार्फत आफ्नो जन्मदिन मनाउछन् । यस्तै उदाहरणीय कार्य गरेर आफ्नो जन्म दिन मनाएका छन् चाँगु ९ ताथलीका युवा नेता एवं समाजसेवी दिलकुमार बालाले ।  उनले रक्तदान गरेर मात्र नभई रक्तदान कार्यक्रम नै गरेर आफ्नो जन्मदिन मनाएका हुन् ।

    ताथली पार्टी भेन्युका संचालक समेत रहेका बालाले आइतवार पार्टी भेन्युमा आफ्नो जन्मदिनको अवसर पारेर रक्तदान कार्यक्रमको संयोजन गरेका थिए । सोही ताथली पार्टी भेन्यु, नेपाल रेडक्रस सोसाइटी र क्विक रेस्पोन्स सेन्टर चानपाको संयुुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

    रगतकाे अभाव बढेपछि रक्तदान कार्यक्रम गरिएको आयोजकको भनाइ छ । रक्तदान नै जीवन दान भएकोले जन्मदिनको अवसरमा रक्तदान गर्न पाउदा आनन्द मिलेको कार्यक्रम संयोजक बालाले बताए ।

    कोभिडकाे दाेश्राे लहरका कारण रगतकाे अभाव बढेपछि रक्तदान कार्यक्रम गरिएको क्विक रेस्पोन्स सेन्टर चानपाकी सह संयोजक सेजल गेलालले बताइन। आफ्नो संस्था हरेक विपतको समयमा सामाजिक कार्यमा सक्रिय रहेको उनको भनाइ छ ।

    कार्यक्रममा विभिन्न क्षेत्रका युवा, विद्यार्थी, महिला र बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो । उक्त अवसरमा दिल कुमार बाला,मदन ढुंगाना, रिता बाला,प्रकाश थापा,मनोज बाला,सुनिल नेह्मफुकी,अनिल नेह्मफुकी,हिमाल बस्नेत,रोचक श्रेष्ठ,सर्मिला खड्का, सुभंगा ढुंगाना,साजन नेह्मफुकी,सुभराज श्रेष्ठ,रितेश बाला, सुर्य खड्का लगायत २३ जनाले रक्तदान गरेका बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...

    भक्तपुरका सफल व्यवसायी एवं समाजसेवी कासिछ्वालाई मातृशोक

    भक्तपुरका सफल व्यवसायी, युवा समाजसेवी, स्वतन्त्र अभियन्ता एवं खेलाडी श्रीभक्त कासिछ्वालाई मातृशोक परेको छ ।...