News Portal

  • मुआब्जा र क्षतिपूर्ति न्यायोचित तवरले उपलव्ध गराउन मन्त्री भुसालको निर्देशन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर,१३ साउन २०७८
    ८०४ पटक
    भक्तपुर,१३ साउन २०७८

    उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले विभिन्न आयोजना निर्माणका लागि आवस्यक पर्ने जग्गा अधिग्रहण गर्नुपरे मुआब्जा र क्षतिपूर्ति न्यायोचित तवरले उपलव्ध गराउनुपर्ने बताएकी छन् । मन्त्रालयमा बुधबार आयोजित वार्षिक मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री भुसालले उक्त कुरा बताएकी हुन् ।

    जग्गा अधिग्रहण गर्नै परे नागरिलाइ उनीहरुको जग्गाको उचित मुआब्जा तथा क्षतिपुर्ति दिंदा अन्याय हुन नहुने भन्दै उनले अन्यन्त्र स्थानमा ब्यबस्थित हुन सक्ने आधार बनाएर मात्र अधिग्रहण गर्नुपर्नेमा जोड दिइन् ।

    मन्त्री भुसालले भनिन्, ‘ हामीले सेवा दिने भनेको जनतालाई हो , विकास पनि जनताकै लागि हो । ,एकिकृत आयोजना जनतामा लैजादा ,ल्याण्ड पुलिङ्गमा जादा उपयुक्त हुने हुन्छ। यस्तो गर्दा कोहि करोड पति कोहि सुकुम्वासी हुने अवस्था हुनु हुदैन ।

    जग्गाको सन्दर्भमा राज्यले लिने मुल्य र वास्तविक कारोवार मुल्य एउटै हुनुपर्नेमा उनको जोड रहेको छ । उनले कसैको सम्पत्ति अधिग्रहण गर्द जबर्जस्ती बलप्रयोग गर्दा समस्या हुने र आमनागरिकमा अन्यायको अनुभूति हुने हुनाले त्यसो गर्नु नहुने निर्देशन समेत दिइन् ।

    योजना छनौट गर्दा पनि मानव बस्ती र खेती योग्य जमिनमा असर नपर्ने गरि बनाउनु पर्ने आवस्यकता औल्याउदै उनले अधिकतम जनताको हित हुने काम भएपनि कोही कसैलाई अन्यायमा पारेर गर्दा त्यसको नकारात्मक प्रभाव रहने प्रष्ट पारिन्।

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...