News Portal

  • पत्रकार मोहन बल्ललाई मातृशोक

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १४ साउन २०७८
    १०९८ पटक
    भक्तपुर, १४ साउन २०७८

    नेपाल पत्रकार महासंघ, भक्तपुरका निवर्तमान कोषाध्यक्ष एवं श्रमजिवी पत्रकार मोहन बल्ललाई मातृशोक परेको छ । उनकी ममतामयी माता मिठु बल्लको आज असामयिक निधन भएको हो ।

    बिहीवार मध्यान्हमा अचानक ह्दयघात हुँदा छैसठ्ठी वर्षको उमेरमा उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । सूर्यविनायक ८ सिपाडोल स्थित निवासमा बसिरहेको अवस्थामा ह्दयघात भएपछि उनलाई उपचारका लागि अस्पताल पुर्याइएको थियो । उपचारको क्रममा काठमाडौंस्थित मनमोहन कार्डियोथेरासिक भस्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उनको निधन भएको हो ।

    उनको पार्थिव शरीरलाई बिहीवार राति नै पशुपतिको आर्यघाटमा पुर्याई अन्तिम संस्कार सम्पन्न गरिएको छ । अन्तिम श्रद्धान्जलीका लागि महासंघका अध्यक्ष जगत कृष्ण प्रजापति, उपाध्यक्ष सुन्दर सिल्पकार, सदस्य रामगोपाल तमखु, रफत संचार क्लबका अध्यक्ष शुसिल बन्धु थापा लगायतका पत्रकारहरु आर्यघाट पुगेका थिए । मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ समेत आर्यघाट पुगी अन्तिम श्रद्धान्जली प्रकट गरेका थिए ।

    दिवंगत माता मिठुका २ छोरा र १ छोरी छन् । नेपाल पत्रकार महासंघ, भक्तपुरले उनीप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै आफ्ना सदस्य बल्ल लगायत शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । सचिव संजीप घिमिरेले पत्रकार बल्लको ममतामयी माताको असामयिक निधनले सिङ्गो महासंघ शोकाकुल बनेको बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...