News Portal

  • त्रिविमा आंशिक शिक्षकको तालाबन्दी

    भक्तपुरपोष्ट संवाददाता१७ साउन २०७८
    १२६६ पटक
    १७ साउन २०७८

    त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा आंशिक शिक्षकले विभिन्न माग राख्दै एक सातादेखि तालाबन्दी गरेका छन् ।

    त्रिवि उपकुलपतिको कार्यालय, रजिस्ट्रार, रेक्टर,सेवा आयोगको कार्यालय, इन्जिनियरिङ अध्ययन संस्थानमा गत शनिबारदेखि प्राध्यापकहरूले तालाबन्दी गरेर धर्नासमेत दिइरहेका छन् ।

    त्रिवि सेवा आयोगले स्थायी प्रध्यापकको परीक्षा तालिका सार्वजनिक गरेपछि आंशिक प्राध्यापकहरूले विरोध जनाएका हुन् । पहिला आंशिक प्राध्यापकहरूलाई करार गरेर मात्र स्थायी प्राध्यापकको परीक्षा सञ्चालन गर्नुपर्ने उनीहरूको माग छ ।

    त्रिविले एक वर्ष काम गरेका आंशिक प्राध्यापकहरूलाई निस्वार्थ करार गरेर मात्र स्थायी प्राध्यापकहरूको परीक्षा लिनुपर्ने आंशिक प्राध्यापक संर्घष समितिका प्रवक्ता एलबी विष्टले बताए ।

    त्रिवि सेवा आयोगले २०७७ फागुन ९ गते स्थायी प्राध्यापकका लागि खुला प्रतिस्पर्धामा विज्ञापन गरी साउन ९ गते परीक्षा तालिका सार्वजनिक गरेको थियो ।

    आशिंक प्राध्यापकहरूले त्रिवि पदाधिकारी कार्यालयमा तालाबन्दी गर्नुका साथै भर्चुअलक कक्षामा पनि रोक लगाएका छन् । उनीहरूले ताला बन्दी गरेदेखि नै भर्चुअल माध्यमबाट अध्यापन गराउन छाडेका हुन् ।

    प्रवक्ता विष्टका अनुसार २०७४ सालमा तत्कालीन कुलपतिले १ हजार ४२० आंशिक प्राध्यापकलाई करार दरबन्दी कायम गराउने निर्णय गरेपनि हालसम्म उक्त निर्णय कार्यान्वयन भएको छैन । सोही निर्णयलाई कार्यान्वयन गराउने उद्देश्यले ताला बन्दी र धर्ना गरिएको हो ।

    आफ्ना सम्पूर्ण मागहरू पुरा नहुन्जेलसम्म आन्दोलन जारी राख्ने उनले बताए । त्रिवि पक्षबाट अन्दोलनको कुनै सुनुवाइ नभएकोसमेत उनले बताए । पहिला आंशिक शिक्षकहरूको व्यवस्थापन गरेर मात्र स्थायी प्राध्यापकको परीक्षा सञ्चालन गर्नुपर्ने विष्टको भनाइ छ ।

    ताला बन्दी भएपछि त्रिवि कार्यकारी परिषद्, प्राज्ञिक परिषद्, योजना निर्देशनालय, कानुनी सल्लाहकारको कार्यालय, रेक्टर कार्यालयबाट सम्पादन हुने सम्पूर्ण कार्यहरू एक सातादेखि ठप्प छन् ।

    आंशिक प्राध्यापकहरूको माग सम्बोधन गर्न त्रिविले वार्ता कमिटी बनाएको शिक्षाअध्यक्ष शिवलाल भूसालले बताए । उनका अनुसार आन्दोलित प्राध्यापकहरूसँग एक चरणको वार्ता भइसकेको छ ।

    यसअघि भएका सम्झौता मध्ये धेरै मागहरू त्रिविले कार्यान्वय गरिसकेको भूसालले बताए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...