News Portal

  • भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गरिने अर्थमन्त्रीको उद्घोष (पूर्ण विवरणसहित)

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २६ साउन २०७८ मंगलवार
    ९७० पटक
    janardan sharma prabhakarभक्तपुर, २६ साउन २०७८ मंगलवार

    सरकारले संसद समक्ष देशको वर्तमान आर्थिक अवस्थाको यथार्थ जानकारी गराएको छ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले मंगलवार प्रतिनिधि सभाको बैठकमा देशको यथार्थ आर्थिक अवस्थाबारे जानकारी गराएका हुन् ।

    ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ शिर्षकमा अर्थमन्त्री शर्माले ओली सरकारले स्रोतसँग मेल नखाने गरी प्रचारात्मक ढंगले बजेट ल्याउदा १ खर्ब ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष २०७६/०७७ मा २ खर्ब १६ अर्ब पुगेको बताएका छन् । स्रोत सुनिश्चित नभई विभिन्न आयोजनाको शिलान्यास हुँदा र स्रोतको परिचालनमा विचलन हुने गरी योजना अगाडि सारिँदा अर्थतन्त्रमा समस्या परेको अर्थमन्त्रीको भनाइ छ । अर्थमन्त्री शर्माले अघिल्लो सरकारले जारी गरेको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न विधेयक ल्याउने जानकारी समेत दिए ।

    कोभिड १९ महामारी नियन्त्रण नयाँ सरकारको प्राथमिक कर्तव्य भएको अर्थमन्त्री शर्माले प्रष्ट पारेका छन् ।अर्थमन्त्रीले आफूले कार्यभार सम्हालेको दिन नै खोप खरिदका लागि रु पाँच अर्ब निकासा गरेको उल्लेख गरेका छन् ।देशभर १८.७ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेको तथ्याङ्क पेश गर्दै उनले गरिबी न्यूनीकरण गर्नु सरकारको प्राथमिकता रहेको बताए । सरकारले भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्न गम्भीर कदम चाल्ने समेत उनले उद्घोष गरेका छन् ।

    हेर्नुस् संसदमा प्रस्तुत देशको वर्तमान आर्थिक अवस्था

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...