News Portal

  • ६०औं विराट नेपालभाषा साहित्य सम्मेलन भव्य रुपमा गर्ने निर्णय

    बाबुकाजी श्रेष्ठमध्यपुर थिमि, २६ भदौ २०७८
    ८९६ पटक
    मध्यपुर थिमि, २६ भदौ २०७८

    भक्तपुरको ऐतिहासिक संस्था विराट नेपाल भाषा साहित्य सम्मेलन गुथिको ५४ औं साधारणसभा सम्पन्न भएको छ । स्थानीय अजिमा पार्टी प्यालेसमा शनिवार साधारण सभा सम्पन्न भएको हो ।

    गुथिका अध्यक्ष महेन्द्रगोपाल कर्माचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि गुथिका पूर्व अध्यक्ष एवं संस्थापक सदस्य नरेन्द्र भक्त हाडाले गरेका थिए । उनले गुथि स्थापना गर्दाका अनुभव सुनाउदै यसको आरोह अवरोह हरुको बारेमा प्रकाश पारेका थिए ।

    गुथिका सदस्य विजेन्द्रवीर कर्माचार्यले स्वागत गरी शुरु भएको उक्त साधारण सभामा गुथिका सचिव पुष्पलाल तिमिलाद्वारा प्रस्तुतआ.व. २०७७/७८ को वार्षिक प्रगति प्रतिवेदन र आ.व. २०७८/७९ को आगामी कार्यक्रम तथा कोषाध्यक्ष रामगोपाल चगुथिद्वारा प्रस्तुत आ.व. २०७७/७८ को आर्थिक प्रतिवेदनलाई सर्वसम्मत पारित गरिएको बताइएको छ ।

    गुथिले आगामी कार्य योजनाको रुपमा गुथिको भवन निर्माण गर्न बागमती प्रदेश सरकारबाट रू. १००००००।– सहयोग प्राप्त हुने जानकारी दिइएको छ । यसवर्ष भवन निर्माण सम्पन्नगर्ने लक्ष्यका साथ अगाडि बढिरहेको अवस्थामा भवन निर्माणको लागि आर्थिक सहयोगको अपेक्षा समेत गरिएको उक्त सभामा ६०औं विराट नेपालभाषा साहित्य सम्मेलन भव्य रुपमा गर्ने समेत निर्णय गरिएको छ ।

    कार्यक्रममा गुथिका पूर्व अध्यक्ष एवं साहित्यकारहरु डा. योगेन्द्र प्रधान, त्रिरत्न शाक्य, गोविन्दमान श्रेष्ठ, कृष्णभक्त बोडे र प्रदिप शाक्य उपस्थित रहेका थिए । सोही कार्यक्रममा पुरुषोत्तम श्रेष्ठ र उमा श्रेष्ठले गुथिको भवन निर्माण गर्न रू. २५०००।– आर्थिक सहयोग प्रदान गरे । कार्यक्रम गुथिका सदस्य बाबुकाजी सुवालले संचालन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...