News Portal

  • भक्तपुर सिडिओमा घनश्याम उपाध्यायको सम्भावना, पछिपछि भट्टराई

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २८ भदौ २०७८
    १३५८ पटक
    भक्तपुर, २८ भदौ २०७८

    भक्तपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी(सिडिओ) परिवर्तनको समय आएसंगै भावी सिडिओमा दुई सहसचिवको नाम चर्चामा आएको छ । सिडिओ प्रेमप्रसाद भट्टराईको सरुवाको चर्चा संगै भक्तपुरको सिडिओमा महोत्तरीका सिडिओ तीर्थराज भट्टराई र गृह मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको नाम चर्चामा रहेको हो ।

    गृह मन्त्रालयले केहि समयदेखि नै ठुलो संख्यामा सिडिओको सरुवा गर्ने कसरत गरेपनि हालसम्म काठमाडौंसहित ४ जिल्लाको सिडिओ मात्र हेरफेर गर्न सकेको छ । सिडिओ परिवर्तनको समय भएकाले बहालवाला सिडिओहरु खुट्टा उचालेर बसेकाले समयमै सरुवा नहुँदा दीर्घकालीन महत्वका कामकाज हुन सकेका छैनन् । भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराई सरुवा भै सम्पत्ती शुद्धिकरण अनुसन्धान बिभाग जाने हल्ला चल्दा उनी निकट केही ठेकेदार जनप्रतिनिधि र व्यवसायीले १ महिना अघि नै उनको सरुवा भोज समेत चलाइसकेका छन् । तर, त्यही कारण गृह मन्त्रालयमा उनको आलोचना समेत भएको बुझिएको छ ।

    यता, भक्तपुर सिडिओ हुन पनि सहसचिवहरुको हानाथाप भएको भक्तपुर पोस्ट श्रोतले जनाएको छ । उपत्यका भित्रको सानो जिल्ला र प्राकृतिक तथा सास्कृतिक सम्पदाले भरिपूर्ण भएकोले भक्तपुरको सिडिओ हुन उपत्यका बाहिरका सिडिओहरु समेत लालाहित हुने गरेका थाहा भएको छ । धेरैजनाले भक्तपुरको सिडिओ बन्न माग गरेपनि महोत्तरीका सिडिओ तीर्थराज भट्टराईको भक्तपुर सरुवा हुने सम्भावना रहेको श्रोतले जनाएको छ ।

    पछिल्लो समय भट्टराईलाई समेत पछि पार्दै गृह मन्त्रालयकै सहसचिव घनश्याम उपाध्याय भक्तपुर सिडिओ भएर आउने सम्भावना बलियो बनेको गृह मन्त्रीको सचिवालय श्रोतले जनाएको छ । गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको रुपमा रहेका दैलेखका उपाध्यायलाई गृह मन्त्री बालकृष्ण खाँड र गृह सचिव टेकनारायण पाण्डे दुबैले रुचाएका बताइएको छ । सहसचिव उपाध्याय यस अघि गृहको कर्मचारी प्रशासन महाशाखाकै प्रमुख समेत रहेका थिए । अहिले उनले ललितपुर मागिरहेको भएतापनि भक्तपुर सरुवा गर्ने तयारी गरिएको श्रोतले जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...