News Portal

  • मैनालीको नेतृत्वमा प्याब्सनको सूर्यविनायक नगर कमिटी निर्विरोध निर्वाचित

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ३ असोज २०७८
    १५५२ पटक
    भक्तपुर, ३ असोज २०७८

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल(प्याब्सन) को सूर्यविनायक नगर कमिटीमा दिनेश मैनालीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।  मैनालीको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

    आइतबार डोलेश्वर भिलेज रिसोर्टमा सम्पन्न अधिवेशनबाट  बालकोटस्थित डेन्स स्कूलका संचालक एवं प्रिन्सिपल दिनेश मैनालीको अध्यक्षतामा ७ सदस्यीय सूर्यविनायक नगर कमिटी निर्विरोध निर्वाचित भएको निवर्तमान अध्यक्ष सानुराजा कार्कीले बताएका हुन् ।

    निवर्तमान अध्यक्ष कार्कीले दिएको जानकारी अनुसार उपाध्यक्षमा रेन्बो इङलिस स्कूलका बिनोद काफ्ले, सचिवमा युनिटीका खुम शर्मा र कोषाध्यक्षमा प्रेसियसका भोला चौधरी निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा जनचेतनाका यज्ञराज भट्टराई, बैदिक स्कूलका बालकुमार खत्री र ग्लोबलका कृष्णभक्त ङाखुशी रहेका बताइएको छ । निर्वाचक मण्डलको जिम्मेवारीमा संयोजक गणेशबाबू पोखरेल र सदस्यहरुमा धर्मरत्न खाइतु र अङ्कित पोखरेल रहेका थिए ।

    उक्त अवसरमा केन्द्रीय नेताहरु दिपिका रिमाल थापा, भुवनलाल श्रेष्ठ, संगीता हमाल, प्रदेश कमिटीकी ऐश्वर्य विष्ट जिल्ला अध्यक्ष  चन्द्र अधिकारी लगायतको आतिथ्यता रहेको  थियो ।

    प्याब्सन अन्तर्गत सूर्यविनायक नगरपालिकामा ३२ विद्यालय रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...