News Portal

  • लोग्नेस्वास्नी नै लागू औषध कारोबारी, पाँच तहसम्मका कारोबारी पक्राउ गरिएको प्रहरीको दावी

    मदन ढुंगाना/ भक्तपुर पोस्ट भक्तपुर, ७ असोज २०७८
    १००८ पटक
    भक्तपुर, ७ असोज २०७८

    भक्तपुर प्रहरी लागू औषधको पाँच तहसम्मका कारोबारी पक्राउ गर्न सफल भएको छ । करिब २ महिनाको मिहेनतपछि प्रहरीले उक्त सफलता प्राप्त गरेको हो ।

    गत साउन १७ गते भक्तपुर नगरपालिका वडा नं. ५ क्वाछेँमा शंकास्पद गतिबिधि गर्ने राजेश शाहीले चलाई ल्याएको बागमती प्रदेश ०२-०१६ प ०१२६ नम्बरको मोटरसाईकललाई चेक जाँच गर्दा लागू औषध फेला पारेको प्रहरीले जनाएको छ । मोटरसाईकल पछाडी सवार सरिता शाहीले बोकेको प्लाष्टिकको झोला भित्र निलो रङको ३ वटा प्लाष्टिकको पोकामा २८५ एम्पुल लागू औषध फेला पारेपछि भक्तपुर ६ भोलाछे बस्ने बर्ष २१ को मोटरसाइक चालक राजेश शाही उनको श्रीमती बर्ष १९ की सरिता शाहीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।

    अनुसन्धानको क्रममा एकपछि अर्को कारोबारी समात्ने क्रममा पाँचौ तह सम्मका कारोबारी समात्न सफल भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवम् डिएसपी दिपक गिरीले जानकारी दिए ।

    डिएसपी गिरीका अनुसार थप अनुसन्धान गर्दै जादा राजेश शाहीले केशब क्षेत्रीबाट खरिद गरेको खुल्न आएको र साउन १७ गते नै साँझ सूर्यविनायकबाट उनलाई नियन्त्रणमा लिइएको बताइएको छ । उनले बोकेको झोला खानतलासी गर्दा २४३ एम्पुल लागू औषध समेत बरामद भएको प्रहरीको भनाइ छ ।

    एवं रितले उपत्यकामा लागू औषध बेचबिखन गर्ने राम विश्वास रायलाई साउन २० गते पक्राउ गरिएको र राम विश्वास राय लगायत उपत्यकामा लागू औषध ल्याई खरिद विक्री गर्ने अन्य मानिसहरुको समेत खोजतलास गर्दै जाँदा सर्लाही घर भएका अलि महमम्द भन्ने मोहमद शेष इन्ताज समेत भदौं २२ गते पक्राउ परेका छन् । शेख इन्ताजले राम विश्वास राय यादव र रविन देउला लगायतलाई विक्री वितरण गर्ने गरेको खुल्न आएको प्रहरीले जनाएको छ । रविन देउलालाई प्रहरीले भदौं २९ गते पक्राउ गरेको थियो ।

    यसरी, लागू औषध मुद्दामा पाँच तह सम्मको लागू औषध खरिद तथा बेचबिखन गर्ने कसुरदारहरु स-प्रमाण नियन्त्रणमा लिईएको भक्तपुर प्रहरीले पुष्टि गरेको छ ।

    छोटो समयमा धेरै पैसा कमाउने उदेश्यले उनीहरु लागू औषध खरिद तथा बेचबिखन गर्ने अपराधमा लागेका अनुसन्धानबाट देखिएको डिएसपी दिपक गिरीले जानकारी गराए । यसबारे थप अनुसन्धान कार्य भईरहेको उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...