News Portal

  • प्रदिप तजको नेतृत्वमा अखिल(क्रान्तिकारी)को भक्तपुर जिल्ला समिति निर्वाचित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ११ असोज २०७८
    ११६५ पटक
    भक्तपुर, ११ असोज २०७८

    नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)ले विद्यार्थी नेता प्रदिप तजको नेतृत्वमा भक्तपुर जिल्ला समिति निर्वाचित गरेको छ । सोमबार सानोठिमी क्याम्पसमा आयोजित सम्मेलनबाट तजको नेतृत्वमा ७५ सदस्यीय भक्तपुर जिल्ला समिति निर्वाचित भएको हो ।

    सम्मेलनले सबै पदाधिकारी निर्विरोध निर्वाचित गरेको (माओवादी केन्द्र)का जनवर्गीय संगठन हेर्ने भक्तपुर फ्र्याक्सन इन्चार्ज सुरेश न्यौपानेले जानकारी दिए । नेता न्यौपानेले दिएको जानकारी अनुसार उपाध्यक्षमा मास बहादुर लामा,दान बहादुर रावत, रेशमलाल श्रेष्ठ र आशिष् पन्त निर्वाचित भएका छन् ।

    त्यसैगरी सचिवमा सुमन माझि निर्वाचित भएका छन् भने सहसचिवमा मन्दिरा कुमारी पौडेल,नबराज धामि,सुजन श्रेष्ठ र उर्गेन तामाङ रहेका बताइएको छ । कोषाध्यक्षको जिम्मेवारी सुजता सापकोटाले पाएकी छन् ।

    प्रतिकृया दिनुहोस्

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...

    पटके बाटो इजाजत पत्र अनलाइनबाटै उपलब्ध गराइने कार्यको भक्तपुरबाट शुभारम्भ

    अब यातायात कार्यालयले पटके बाटो इजाजत पत्र अनलाइन बाटै उपलब्ध गराउने भएको छ । उक्त...