News Portal

  • धन र डनको राजनीति गर्नेलाई लखेट्न प्रचण्ड निर्देशनपछि महेश बस्नेत आक्रोशित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २३ असोज २०७८
    ८५३ पटक
    भक्तपुर, २३ असोज २०७८

    राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज समेत रहेका नेकपा (एमाले) का नेता एवं सांसद महेश बस्नेत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति आक्रोशित देखिएका छन् । प्रचण्डले भक्तपुरमा दिएको अभिव्यक्तिप्रति उनले आक्रोश प्रकट गरेका हुन् ।

    शनिवार सल्लाघारीमा राष्ट्रिय युवा संघ नेपाल भक्तपुरद्वारा आयोजित कार्यक्रममा नेता बस्नेतले प्रचण्डलाई मनोहरा फाटबाटै लखेट्न सकिने बताए ।

    शुक्रवार सूर्यविनायकमा पार्टी कार्यकर्तालाई प्रशिक्षण दिदै प्रचण्डले धन र डनको राजनीति गर्नेलाई लखेट्न निर्देशन दिएका थिए । ”बिचार र इमानसहित जनताको पक्षमा राजनीति गर्नेलाई जुनसुकै पार्टीको भएपनि सम्मान गर्नु तर, धन र डनको राजनीति गर्ने बेइमानहरुलाई लखेट्न नडराउनु ।” उनले भनेका थिए । तत्कालिन जनयुद्धका सुप्रिम कमाण्डर समेत रहेका अध्यक्ष प्रचण्डले उतिबेला जाली फटाहहरुलाई लखेटे जस्तैगरी यतिबेला धन र डनको राजनीति गर्नेहरुलाई लखेट्नुपर्नेमा जोड दिदै त्यसको सुरुवात भक्तपुर बाट गर्न सुझाव समेत दिएका थिए ।

    प्रचण्डको शुक्रवारको अभिव्यक्ति विरुद्ध नेता बस्नेतले प्रतिक्रिया दिदै युवा संघका कार्यकर्तालाई आफूले इशारा गरे माओवादीलाई गाउँगाउँबाट लखेट्न सकिने बताए । तर आफूले त्यसो नगरेको उनको भनाइ छ । ”प्रचण्डले धेरै निहुँ खोजे भक्तपुर छिर्न त के मनोहरा फाँटबाटै लखेट्न नपरोस् ।” उनले भने ।”

    भक्तपुरमा माओवादी केन्द्रलाई कुनै वडा समेत जित्न नदिने समेत उनले उद्घोष गरे । ”भक्तपुरको ३८ वटा वडामै माओवादीको जमानत जफत गराइदिन्छौँ ।”उनले भने । भक्तपुरमा अहिले एमाले पहिलो पार्टी भएको भन्दै उनले कुनै पनि ताकतले एमालेलाई पहिलो हुनबाट रोक्न नसक्ने समेत ठोकुवा गरेका थिए ।

    भक्तपुरमा पाँच गठबन्धन बनाएर प्रचण्ड, माधव नेपाल वा शेरबहादुर देउवा जो आएर चुनाव लडेँ पनि हराइदिने उनले बताए ।

    कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय अध्यक्ष किरण पौडेल लगायतका युवा नेताहरुले देशलाई जोगाउने जिम्मा युवाहरुको काँधमा आएको बताएका थिए । भक्तपुर जिल्ला कमिटीका अध्यक्ष पुष्पराज बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा कलाकार राजा राजेन्द्र, गायक बैकुण्ठ महत र कपिल कस्पाल लगायतले सास्कृतिक प्रस्तुती दिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...