News Portal

  • भक्तपुरका स्ववासीको भूमि सम्बन्धी समस्या समाधान गरिने

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ११ मंसिर २०७८
    ७५९ पटक
    भक्तपुर, ११ मंसिर २०७८

    भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले भक्तपुरमा रहेका स्ववासी र बेनिसाको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग मार्फत नै गर्ने गरी प्रक्रिया शुरु गरेको सार्वजनिक गरेकी छन् । नागरिकले आफ्नै जमिनको मालिक बन्न नपाउने र लालपुर्जाको अभावमा नागरिक बन्ने अधिकार समेत नपाउने अवस्थाको अन्त्य गर्न आफू प्रतिबद्ध भएर लागि परेको जिकिर गर्दै शनिबार मध्यपुरमा पार्टीको नगर सम्मेलन उद्घाटनको क्रममा उनले सोकुरा सार्वजनिक गरेकी हुन् ।                                                                                               नेपाललाई आर्थिक रुपमा सम्पन्न बनाएर जनतालाई अधिकारसम्पन्न बनाउने माओवादी केन्द्रको नीति बमोजिम आफूले सरकारमा सोही बमोजिम गरिरहेको उनको भनाइ छ ।                                                                                 मन्त्री श्रेष्ठले संविधानमा व्यवस्था भएको महिला, दलित सुकुम्वासी, मुक्त हलीया, कमैया र कमलारीको समस्या समाधान गर्न र संविधानमा भएको उनीहरुको हक कार्यान्वयन गर्न
    आफूले मन्त्रालय संहालेपछि काम शुरु गरिसकेको र  पटकपटक भूमि सम्बन्धी समस्या आइरहने अवस्थाको अन्त्य गर्नेगरी कार्ययोजना बनाएर काम शुरु भइसकेको घोषणा समेत गरेकी छन् ।उनले संविधानमा व्यवस्था भएको पैतृक सम्पतिमा महिलाको हक शुनिश्चित गर्न अंशबण्डा गर्दा महिलालाई अनिवार्य उपस्थित गराउनु पर्ने व्यवस्था कार्यान्वयनका लागि आफू लागिपरेको प्रष्ट पारिन् ।
    उनले अग्रगमन र प्रतिगमनबीचको द्वन्द्व अझै बाँकी रहेको भन्दै जनतालाई थप सचेत बनाउनुपर्ने आवस्यकता औल्याइन । थोरै ठाउँ पाउनासाथ प्रतिगमनकारी तत्व फेरी उठ्न सक्ने जिकिर गर्दै उनले प्रतिगमनको अन्त्यको लागि जनतालाई सचेत
    बनाउनु पर्ने र माओवादी केन्द्रको एजेण्डा तथा पहलबाट स्थापित भएका अधिकारको विषयलाई लिएर नागरिकका घरघरमा जानु पर्नेमा उनले जोड दिएकी हुन् ।
    मन्त्री श्रेष्ठले जनता अधिकार सम्पन्न भएको मन नपराउनेहरुले संविधान, संघीयता र परिवर्तनमाथि हमला गरेको र सोको रक्षाको लागि माओवादी केन्द्रले जस्तोसुकै कदम चाल्ने बताइन ।
    उक्त अवसरमा नेकपा माओवादी केन्द्र भक्तपुरका जिल्ला इन्चार्ज दिलिप प्रजापति, सह इन्चार्ज देवेन्द्र श्रेष्ठ, संयोजक डिपी ढकाल,प्रदेश सांसद प्रतिमा श्रेष्ठ, नेताहरु सुरेश न्यौपाने, ओम वाग्ले, युवराज आचार्य, कृष्णलाल गोजा, सुदर्शन पराजुली, उमेश लम्साल,गणेश बुढाथोकी, दिनेश थपलिया लगायतको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...