News Portal

  • माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनबाट भक्तपुरका दुईजना केन्द्रीय सदस्यमा निर्वाचित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १९ पुस २०७८
    २००१ पटक
    दिलिप परतिमा dilip pratimaभक्तपुर, १९ पुस २०७८

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को राष्ट्रिय महाधिवेशनबाट भक्तपुरका दुईजना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । केन्द्रीय सदस्य निर्वाचित हुनेहरु माओवादी केन्द्रका भक्तपुर इन्चार्ज दिलिपकुमार प्रजापति ‘भिष्म’ र महिला नेतृ प्रतिमा श्रेष्ठ ‘उर्मिला’ हुन् ।

    काठमाडौको प्रज्ञा भवनमा ८ दिनसम्म चलेको आठौँ राष्ट्रिय महाधिवेशनबाट उनीहरु केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित भएका हुन् । नेता प्रजापति यस अघि पनि केन्द्रीय सदस्य रहेका थिए । तर, नेतृ श्रेष्ठले भने पहिलो पटक केन्द्रीय सदस्य हुने अवसर पाएकी छन् ।

    तत्कालिन माओवादी जनयुद्धमा होमिएर पार्टी र क्रान्तिका लागि योगदान गरेका यी दुईजना श्रीमान् श्रीमती समेत हुन् । माओवादी शान्ति प्रक्रियामा आएपछि भूगोलको राजनीतिमा सक्रिय प्रजापति हाल माओवादी केन्द्रको भक्तपुर इन्चार्ज रहेका छन् भने श्रेष्ठ बागमती प्रदेश सभाकी समानुपातिक सांसद समेत हुन् ।

    भक्तपुरमा जनयुद्धका बैज्ञानिक समेत भनेर चिनिने शहिद एवं बेपत्ता परिवारका देवेन्द्र श्रेष्ठ दिवाकर, युवा एवं बौद्धिक नेता डिपी ढकाल, त्यसैगरी बैचारिक क्षमताका नेताद्वय सुरेश न्यौपाने र कृष्णलाल गोजा भने केन्द्रीय समितिमा छुट्न पुगेका छन् । माओवादी केन्द्रले केहि सदस्य पछि मनोनित गर्नेगरी २९९ सदस्यीय केन्द्रीय समिति आइतवार सर्वसम्मत निर्वाचित गरेको हो । केन्द्रीय समितिले पदाधिकारी निर्वाचित गर्ने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...