News Portal

  • माओवादी केन्द्रमाथिको आरोप खारेज : चाँगुनारायण-५ मा युवा तान्त्रिक र पूर्व सैनिक नै उम्मेदवार

    चाँगुनारायण, २६ बैशाख २०७९
    १९६३ पटक
    ummedwarचाँगुनारायण, २६ बैशाख २०७९

    धर्मनिरपेक्षताको पक्षधर पार्टीको रुपमा रहेको नेकपा (माओवादी केन्द्र) लाई हिन्दू धर्मविरोधीको रुपमा विपक्षी पार्टीहरुले प्रचार गरिरहँदा भक्तपुरमा भने हिन्दू धर्मका प्रवर्द्धकहरु नै माओवादी केन्द्रप्रति आकर्षित भएका छन् । चाँगुनारायण नगरपालिकाको वडा नम्बर ५ मा माओवादी केन्द्रका तर्फबाट धार्मिक गुरुको रुपमा स्थानीयले श्रद्धा गर्ने युवा तान्त्रिक साजन जंग थापा नै वडाध्यक्ष उम्मेदवार रहेका छन् ।

    उम्मेदवार थापाले आफूलाई घरदैलोमा जाँदा धेरैले माओवादी केन्द्रबाट उम्मेदवार भएको थाहा पाउदा आश्चर्य प्रकट गरेका खुलासा गरे । त्यस्ता मतदातालाई आफूले माओवादी केन्द्र हिन्दू धर्मको मात्र नभई सबै धर्मलाई उत्तिकै सम्मान गर्ने पार्टी भएको कुरा बुझाएको बताए । आफ्नो धर्म प्रति जति आफूलाई श्रद्धा हुन्छ, त्यति नै अरुलाई अरुको धर्म माथि श्रद्धा हुने हुँदा सबै धर्मलाई राज्यले समान व्यवहार गर्नुपर्ने पार्टीको सिद्धान्त हिन्दू धर्म विरोधी नभएको यथार्थ अर्थ्याउन समय खर्ची रहनुपरेको उनले सुनाए । माओवादी विरोधीहरुले समाजमा जवर्जस्ती भ्रम फैलाउदा सर्वसाधारण अल्मलिएका उल्लेख गर्दै उनले त्यसलाई चिर्दै घरदैलो कार्यक्रम सम्पन्न गरिएको जनाएका छन । ”मतदाताहरुको प्रश्नहरु, हाम्रा प्रतिवद्धता र उहाँहरुका प्रतिक्रियाबाट हामी उत्साहित छौं- यसपटक हामी जित्दैछौं ।”उनले भने ।

    उम्मेदवार थापाले कृषी,उद्योग र पर्यटन विकासको योजना प्रस्तुत गर्दै मत मागिरहेका छन् भने वडामा अभिभावक एवं विद्यार्थीको विस्वास जित्न नसकेका सामुदायिक विद्यालयका गुणस्तर उकास्ने र भक्तपुर सम्म पढ्न धाउनुपर्ने अवस्था अन्त्य गर्ने बताएका छन् । बाटोघाटो राम्रो बनाउने तथा सार्वजनिक यातायातको असुविधा अन्त्य गर्ने र सहुलियत भाडामा वडाले नै नियमित समयमा माइक्रो बस संचालन गर्ने उनको योजना छ । वडामा गुणस्तरीय स्वास्थ्य सेवा दिने र गरिब असहायलाई निसुल्क उपचारको व्यवस्था मिलाइने उनले बताए । समाजमा दान र धर्मको विकास गर्दै भौतिक विज्ञानमा योग र अध्यात्मिक ज्ञान समेत जोडी एक आत्मनिर्भर, परस्पर सहयोगी योग्य एवं आदर्श समाज निर्माण गर्ने समेत उनले बताएका छन् ।

    चाँगुनारायणका कम्तिमा ३ वटा वडा जित्ने लक्ष साथ् चुनावी अभियानमा लागेको माओवादी केन्द्रले वडा नम्बर ५ मा जित हासिल गर्ने दावी गर्दै आएको छ । सोही वडावासी रहेका नगर इन्चार्ज रामभक्त खत्रीले यस पटक वडा नम्बर ५ मा माओवादी केन्द्रले जित्ने दावी गरेका हुन् । उनले पार्टीका वडाध्यक्ष उम्मेदवार धार्मिक व्यक्तित्व भएकोले विपक्षीले जनतामा आफ्नो पार्टीलाई हिन्दू धर्म विरोधीको रुपमा फिजाएको भ्रम चिरिएको दावी गरेका छन् । गजबको कुरा त के भने नगर इन्चार्ज खत्रीको लामो राजनीतिक विरासत भएपनि उनले २९ वर्षीय युवालाई वडाध्यक्ष उम्मेदवार स्वीकार गरी आफू वडा सदस्यमा उम्मेदवार भएका छन् । इन्चार्ज खत्री पूर्व गाविस अध्यक्षका छोरा एवं जनयुद्धकालीन माओवादी हुन् । पछिल्लो समयमा आफ्नो पार्टीको परिवर्तनका विषयलाई विषयान्तर गर्दै जनतामा अनुचित भ्रम छरिएकोले यस पटक धार्मिक व्यक्तिलाई वडाध्यक्ष उम्मेदवार बनाइएको उनले बताए । आफ्ना उम्मेदवार धार्मिक सामाजिक व्यक्तित्व हुनुको साथै उनीसंग समाज विकासको मोडल रहेकोले जित्ने प्रसस्त आधार भएको उनको भनाइ छ ।

    त्यतिमात्र होइन, उक्त वडामा माओवादी केन्द्रका अर्का वडा सदस्यका उम्मेदवार राजकुमार बन पनि सेवा निवृत्त नेपाली सेना हुन् । माओवादीलाई सेनाप्रहरीका परिवारले भोट दिनु हुँदैन वा दिदैनन भन्ने विपक्षीको भ्रमलाई चिर्न बनको उम्मेद्वारीले सहयोग गर्ने माओवादी केन्द्रका चाँगुनारायण नगर उपाध्यक्ष विनोद लामिछानेले बताएका छन् । बन नेपाली सेनाको पेन्साइनर हुन् भने उनी माओवादी केन्द्रमा नेपाली सेनाबाट सेवा निवृत्त भएदेखि नै सक्रिय छन् । देशमा जनताको लागि हतियार उठाएर व्यवस्था परिवर्तन गर्न सफल पार्टी माओवादी केन्द्र भएको र जनताको पक्षमा थप काम गर्न माओवादी केन्द्रको नेतृत्व बेगर सम्भव नहुने बनले बताएका छन् । बनले माओवादी केन्द्रको सदस्य हुनुमा गर्व भएको भन्दै यस पटक उम्मेदवार भैरहदा थप जिम्मेवारी बोध भएको बताए । उक्त वडामा माओवादी केन्द्रको तर्फबाट महिला सदस्य लक्ष्मी थापा रहेकी छन् भने दलित महिला सदस्यमा सविता रम्तेलले उम्मेद्वारी दिएकी छन् । उनीहरुले जसको नीति उसैको नेतृत्व हुनुपर्ने जिकिर गर्दै मत मागिरहेका छन् ।

    चाँगुनारायणमा माओवादी केन्द्रका नगर अध्यक्ष रहेका युवा नेता नरेश खड्का मेयरका उम्मेदवार रहेका छन् भने नेत्री चण्डिका पाण्डे उपमेयर उम्मेदवार रहेकी छन् । चाँगुनारायण पार्टीका केन्द्रीय सदस्य डिपी ढकालको नगर पनि हो । पार्टी भित्र बौद्धिक नेताको परिचय बनाएका ढकालको निगरानीमा चुनावी अभियान चलाइरहेको माओवादी केन्द्रले शिक्षा,स्वास्थ्य,रोजगारीलाई मूख्य मुद्दा बनाएको छ भने कृषी, ब्यापार र पर्यटनमार्फत आर्थिक समृद्धि प्राप्त गर्ने तथा भ्रस्टाचारमुक्त सुशासनयुक्त वडा एवं नगर बनाउने खाका प्रस्तुत गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...