News Portal

  • भक्तपुरमा माओवादी केन्द्रको शक्ति प्रदर्शन

    भक्तपुर, २७ बैशाख २०७९
    १७४३ पटक
    भक्तपुर, २७ बैशाख २०७९

    विकेन्द्रीकरणको स्वरुपमा रहेको स्थानीय निकायलाई स्थानीय सरकारकै स्वरुप दिन नेतृत्वदायी भूमिका खेलेको पार्टी भएपनि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई भक्तपुरमा भने कमजोर आंकलन गरिन्छ । गत स्थानीय निर्वाचनबाट नगर सभामा प्रतिनिधि पठाउन नसकेको माओवादी केन्द्र भक्तपुरले यसपटक भने आफूलाई कमजोर पार्टी भन्नेहरुलाई नै चकित पार्दै शक्ति प्रदर्शन गरेको छ ।

    सोमबार माओवादी केन्द्रले भक्तपुरका ३ नगरमा छुट्टाछुट्टै कार्यक्रम गरी आफ्नो शक्ति प्रदर्शन गरेको हो । भक्तपुरको भक्तपुर नगरपालिकामा माओवादी केन्द्रले चुनावी र्याली गरेको छ । ब्यासीबाट शुरु भएको र्याली सूर्यमढिमा पुगेर सभामा परिणत भएको थियो । उक्त अवसरमा मेयरका उम्मेदवार तुल्सीभक्त सुवाल, उपमेयर उम्मेदवार इन्द्रमाया सुवालसहित नगरका सबै वडाका उम्मेदवारलाई स्थानीय कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारणले शुभकामना व्यक्त गरेका वडा नम्बर ९ का वडाध्यक्ष उम्मेदवार राम कुशीले जानकारी दिए ।

    त्यसैगरी चाँगुनारायणमा पार्टीले सोमबार घरदैलो कार्यक्रमको समापन कार्यक्रम गरेको नगर सचिव चण्डिका लामिछानेले जानकारी गराइन । सचिव लामिछानेले जनाए अनुसार चाँगुनारायण ८ सुडालमा ब्यापक जनसहभागितामा सो कार्यक्रम सम्पन्न भएको हो । मेयरका उम्मेदवार नरेश खड्का र उपमेयर उम्मेदवार चण्डिका पाण्डे सहित बाजा बजाउदै स्थानीयको घरघरमा पुगेको माओवादी केन्द्रको उक्त कार्यक्रममा स्वत स्फूर्त रुपमा स्थानीयले सहभागिता जनाएका उक्त वडाका वडा सदस्य उम्मेदवार लक्ष्मण दुलालले जानकारी दिए ।

    सोमबार नै सूर्यविनायकमा पनि माओवादी केन्द्रले चुनाव केन्द्रित कार्यक्रम सम्पन्न गरेको छ । सूर्यविनायकको २ ठाउँमा माओवादी केन्द्रले एकसाथ चुनावी सभा सम्पन्न गरेको हो । सूर्यविनायकको चुनावी सभालाई सम्बोधन गर्न केन्द्रीय सदस्यहरु दिलिप प्रजापति भिष्म, देवेन्द्र श्रेष्ठ, डिपी ढकाल र रामप्रसाद सापकोटा दीपशिखा पुगेका थिए । नेताहरुले त कार्यकर्तालाई उत्साहित पार्ने नै भए तर माओवादी केन्द्रका कार्यकर्ताहरु स्वत स्फूर्त उत्साहित देखिन्थे । नगर प्रमुख उम्मेदवार कल्पदीप राइ र उपमेयर उम्मेदवार नमूना चौलागाईले आफूहरुले जित्ने दावी गरिरहदा त्यसमा तर्क थप्दै वडा नम्बरका ४ का वडाध्यक्ष उम्मेदवार श्यासुन्दर श्रेष्ठले भने -”जबसम्म हाम्रो मनले हार मान्दैन,तबसम्म हामीलाई कसैले जित्न सक्दैन ।”

    सत्ता साझेदार दलहरुको चुनावी गठबन्धनबारे देशभर चर्चा भैरहँदा भक्तपुरमा भने यी ३ वटा नगरपालिकामा माओवादी केन्द्र एक्लै भिड्दैछ । जसको नीति उसैको नेतृत्व हुनुपर्ने दावी गर्दै जनमत मागिरहेको माओवादी केन्द्रले स्थानीय आवश्यकतामा आधारित प्रतिवद्दता समेत सार्वजनिक गरेको छ ।

    नेमकिपाको किल्लाको रुपमा रहेको भक्तपुरमा यसपटक माओवादी केन्द्रको खाता खोलिने नगर अध्यक्ष राकेश सुवालले जिकिर गरेका छन । देको मिवा इतापाके लगायत जग्गा एकीकरणमा नेमकिपा नेतृत्वको अन्यायपूर्ण व्यवहार, एकात्मक स्थानीय सत्ता र केन्द्रसंग नजोडेर भक्तपुर लाई अलग्याएको विषयमा जनता रुष्ट भएको उनले दावी गरेका छन ।

    चाँगुनारायण नगरमा कम्तिमा ३ वडा वडाहरु आफूहरुले जित्ने माओवादी केन्द्रले प्रक्षेपण गरेको छ । प्रमुख पदहरुमा जीत उन्मुक हुने र मतको सुरक्षा गर्ने नीति लिएको उपाधयक्ष बिनोद लामिछानेले बताए । त्यसैगरी सूर्यविनायकमा पनि कम्तिमा ३ वडा वडा जित्ने नगर अध्यक्ष सानु कान्छा आलेमगरले जिकिर गरे । उनले प्रमुख पदहरु पनि आफूहरुको जित्ने दावी पेश गरे । आफूहरुले युवा उम्मेदवारको रुपमा जनजाती मेयर उभ्याएको तर्क गर्दै अध्यक्ष आलेमगरले जित्ने दावी गरेका हुन् ।

    नेकपा(माओवादी केन्द्र)का जिल्ला समन्वय समिति भक्तपुरका संयोजक सुनिल गोठे बासुले चुनावमा जीतहार हुनु स्वभाविक भएपनि माओवादी वलिदानी बाट प्राप्त वर्तमान व्यवस्थामा व्यवस्था विरोधीहरुले जित्नु नहुने तर्क गरे । ”संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मर्मलाई शिरोधार्य गर्ने जोसुकैले जितेपनि त्यो माओवादी केन्द्रको जीत मान्नेछौं ।” उनले भने ।

    आफूलाई नगरको मालिक नभई सेवक ठान्ने नेतृत्व चयन हुनुपर्नेमा जोड दिंदै संयोजक बासुले माओवादी केन्द्रले काम गरोस भन्ने अपेक्षा राख्ने जनताले चुनावमा अरु पार्टीलाई भोट दिनु नहुने बताए । ”वर्तमान व्यवस्थाभित्रै बसेर चुनिएर व्यवस्था बद्नाम गर्न हिजोकै तत्वहरु लागेका छन, तिनीहरुलाई जनताले चिन्न सके भक्तपुरमा हाम्रो जीत सुनिश्चित छ ।’ उनले भने ।

    माओवादी केन्द्र मध्यपुर थिमि नगरपालिकामा भने गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा रहेको छ । मध्यपुर थिमिको उपप्रमुखमा माओवादी केन्द्रका युवा उम्मेदवार विजय कृष्ण श्रेष्ठ विजयी भैसकेपनि मतदान मार्फत त्यसको औपचारिक घोषणा हुन मात्र बाँकी रहेको मध्यपुरका नेता बालकृष्ण दुगुले दावी गरे । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत रहेका शिक्षाप्रेमी युवा नेता विजय विभिन्न सामाजसेवी सस्थाहरुमा समेत नेतृत्व गर्दै आएका सक्रियसामाजिक अभियन्ता हुन । हनुमन्ते खोला प्रकरणमा पिडित किसानको पक्षमा खुलेर उभिएका र न्यायको लडाई लडेका विजय स्ववासीलाई लालपूर्जा बाढ्न समेत सफल भएका छन् । पैसाको पछि नलागी समाजसेवालाई अंगालेका कारण उनी युवा उमेरमै आशालाग्दा नेता समेत बनिसकेका छन् । मध्यपुरमा बलियो संगठन भएको नेपाली काँग्रेसले उप मेयर पत्याएर विजयलाई उपमेयर स्वीकार गर्नु नै उनको राजनीतिक उचाइ स्पष्ट हुने मेयरका उम्मेदवार सुरेन्द्र श्रेष्ठ स्वयम् बताउछन । मध्यपुर माओवादी केन्द्रको समेत बलियो नगर भएकोले यहाँ गठबन्धको जीत सुनिश्चित रहेको प्रतिष्पर्धीहरुले पनि अनौपचारिक कुरा हुँदा भन्ने गरेको माओवादी केन्द्रका सह इन्चार्ज देवेन्द्र श्रेष्ठले जानकारी दिए ।

    यसरी हेर्दा यस पटक जिल्लाका ४ वटै नगरमा माओवादी केन्द्रको बलियो उपस्थिति रहेको मान्न सकिन्छ । ”माओवादी केन्द्र यसपटक जिल्लामा आफ्नो ससक्त उपस्थिति देखाउन चाहन्छ।” नेता श्रेष्ठले भने । उनले आफूहरुले कार्यकर्तालाई उत्साहित हुन र जनतालाई उत्साहित बनाएर हर्ष उल्लासका साथ् निर्वाचनमा सहभागी हुन निर्देशन दिएको पनि जानकारी दिए । नेता श्रेष्ठले माओवादी बलिदालीले बनेको स्थानीय सरकारमा आफूहरुको नेतृत्व भए मात्र जनभावना अनुरुप कामहरु हुने दावी गर्दै जनताको मत प्राप्त हुने र भक्तपुरका सबै नगरमा जित हासिल हुने विश्वास व्यक्त गरेका छन ।

    प्रतिकृया दिनुहोस्

    पक्राउ परेका पूर्व सभामुख महरा अस्वस्थ, नर्भिकमा उपचार हुँदै

    नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरा थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन्...

    सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम

    नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा भएको छ। प्रधान सेनापति प्रमुराम...

    दीपेश पुनलाई ८ दिन हिरासत

    काठमाडौं, ४ चैत २०८० । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई ८ दिन हिरासतमा राख्न...

    ३० बर्षपछि कुम्भ राशिमा शनी उदय, ६ राशिलाई फाइदै फाइदा

    आज चैत्र ४ गते आईतवार ३० बर्षपछि कुम्भ राशिमा शनी उदय भएको छ । काठमाडौको...

    न्युजिल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ

    वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा...