News Portal

  • भक्तपुर औधोगिक क्षेत्रलाई स्थानान्तरण गर्नुपर्छ : सांसद सुवाल

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ६ जेठ २०७९
    १८३८ पटक
    prem suwalभक्तपुर, ६ जेठ २०७९

    भक्तपुरका संघीय सांसद समेत रहेका नेमकिपाका सचिव प्रेम सुवालले  ब्यासीस्थित बस्तीको बीचमा रहेको औधोगिक क्षेत्रलाई स्थानान्तरण गर्नुपर्नेमा जोड दिएका छन् । औधोगिक क्षेत्रका कारण नगरमा प्रदुषण र रोगको जोखिम बढेको बताउदै उनले औधोगिक क्षेत्र हटाउनुपर्ने आवश्यकता औल्याएका हुन् ।

    शुक्रवार भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सोस्थानमा हस्तकलामा आधारित औधोगिक क्षेत्र बनाउपर्ने बताए । नेमकिपाको निर्वाचन घोषणा पत्रमा समेत उक्त कुरा उल्लेख गरिएको जानकारी गराउदै सचिव सुवालले नगरपालिकाले यसतर्फ कदम चाल्ने विश्वास व्यक्त गरे ।

    उनले मेलम्चीको मात्र भर नपरी नगरमा स्थानीय पानीको मुहान पहिचान गरी त्यसको संरक्षण र सम्वर्द्धन गर्दै नगरवासीलाई खानेपानी वितरण गर्न सुझाव दिए । त्यस्तै उनले देको मिवा इतापाको आयोजना समेत यथाशिघ्र सम्पन्न गर्न नगरपालिकालाई सुझाव दिएका छन् ।

    नेमकिपाबाट निर्वाचित जनप्रतिनिधि एम्बुलेन्स र दमकल जस्तो भएर जनताको सेवामा खट्नुपर्ने समेत उनको भनाइ छ । नगरवासीसंग बरोबर छलफल गरी जनताको आवश्यकता अनुरुप काम गर्न उनले निर्देशन समेत दिए ।

    एक फरक प्रसंगमा सांसद सुवालले श्रीलंकाको अर्थतन्त्र बिग्रिएकोमा चीनको कुनै हात नरहेको स्पष्ट पारे । ३० वर्षदेखिका सरकारका गलत नीतिका कारण श्रीलंकाको अर्थतन्त्र बिग्रिएको बताउदै उनले त्यसको दोष चीनलाई दिनु उचित नभएको उल्लेख गरे । ” चीनले श्रीलंकामा १० प्रतिसत मात्र आर्थिक सहयोग गरेको तर चीनलाई दोषी देखाएर समाचार आउनु भ्रमपूर्ण कुरा हो ।” चीनको बचाव गर्दै उनले भने ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...