News Portal

  • साझा मुद्राको अवधारणा बारे प्रस्ताव अघि सारेको गभर्नर अधिकारीको जिकिर

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १८ असार २०७९
    ४७५ पटक
    भक्तपुर, १८ असार २०७९

    नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दक्षिण एसियाको साझा मञ्चमा आफूले साझा मुद्राको अवधारणा बारे प्रस्ताव गरेर सबै देशले अध्ययन थालेको बताएका छन् । गभर्नर अधिकारीले एसियामा साझा मुद्राको अवधारणामा जानुपर्ने बताए। उनले नेपालले आफूले गर्नु पर्ने अध्ययन सकिसकेको पनि बताएका छन्।

    डिजिटल करेन्सीको प्रविधि निर्माण गर्न निजी क्षेत्रको सहयोग आवश्यक रहने तर यसको विश्वसनियता जोगाउनु चुनौतीपूर्ण रहेको उनको भनाइ छ । यस्तै पछिल्लो समय नोटको कारोबार घट्दै गएको र राष्ट्रबैंकको तथ्यांक अनुसार कात्तिकयता एक खर्बले घटिसकेको जानकारी दिएका छन् ।

    गर्भनर अधिकारीले अर्थतन्त्रका बारेमा उद्योगी व्यवसायी राम्रोसँग जानकार रहेको बताउँदै अहिलको अवस्थाबाट मुक्त हुन सबै सचेत हुनुपर्ने पनि बताए । निरन्तर घाटामा भएको भुक्तानी सन्तुलन, चालू खाता घाटा र विदेशी मुद्रामा परेको चापलाई हेरेर मौद्रिक नीतिको तयारीमा केन्द्रीय बैंक रहेको पनि उल्लेख गरे ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...