News Portal

  • १ वर्षमा ७ सय फैसला गर्ने भक्तपुरका न्यायाधीश बास्तोलाको कामु प्रधान न्यायाधीशले गरे प्रशंसा

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १९ असार २०७९
    २५४६ पटक
    गोपाल gopal prasad bastolaभक्तपुर, १९ असार २०७९

    भक्तपुर जिल्ला अदालतको कार्यसम्पादन प्रति कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सन्तोष व्यक्त गरेका छन् । भक्तपुर जिल्ला अदालतको अवलोकन निरीक्षणपछि उनले कार्यसम्पादन प्रति सन्तोष व्यक्त गरेका हुन् ।

    अदालतमा मुद्दा फर्स्योटको अवस्था राम्रो रहेको र सेवाग्राहीमैत्री वातावरण भएको भन्दै अदालत व्यवस्थापनको उनले प्रशंसा पनि गरे । वर्षदिनमा ७ सय बढी मुद्दाको फैसला गरेकोमा कामु प्रधानन्यायाधीश कार्कीले जिल्लाका मुख्य न्यायाधीश गोपालप्रसाद बास्तोलाको खुलेर प्रशंसा गरेका थिए ।

    उक्त अवसरमा कामु प्रधानन्यायाधीश कार्कीले अदालतको गरिमा कायम राख्नुपर्नेमा जोड दिंदै न्यायापालिकाप्रतिको जनताको विश्वासमा वृद्धि गर्नुपर्ने बताए । न्यायसम्पादनमा ढिलासुस्ती हटाउनु पर्ने आवश्यकता औल्याउदै उनले भक्तपुरबाट अरुले सिक्नुपर्ने पनि प्रष्ट पारे ।

    मुख्य न्यायाधिस बास्तोलाको नेतृत्वमा रहेको भक्तपुर जिल्ला अदालतले न्याय पहिलो प्राथमिकता हुनुपर्ने भन्दै न्यायिक गतिविधि गरिरहेको छ । बास्तोलाकै नेतृत्वमा गत स्थानीय निर्वाचन भक्तपुरमा सहज र विश्वसनीय ढंगले सम्पन्न भएको छ । देशैभरमा नगरपालिकाको पहिलो मतपरिणाम भक्तपुरबाट आएको थियो भने जिल्ला समन्वय समितिमा गोलाप्रथाबाट सबै पदाधिकारी निर्वाचित हुदा पनि निर्वाचन परिणामको विषयलाई लिएर कुनै टिकाटिप्पणी सुन्नु नपर्दा निर्वाचन आयोग पनि दंग देखिएको छ ।

    जिल्ला अदालतमा वर्षेनी मुद्दाको चाप बढ्दै गईरहेको छ। खासगरी घर,जग्गा,अंश, सम्पत्ति लेनदेन हककायम जस्ता सम्पत्ति सम्बन्धी मुद्दाहरु बढी दर्ता हुन आउने गरेको अदालतले जनाएको छ ।सामान्य प्रकृतीका बिबादका मुद्दामा मेलमिलाप नै उपयुक्त समाधान भएको भन्दै  जिल्ला अदालतले सकेसम्म मेलमिलाप गराउने उद्देश्यले मेलमिलापको लागि पहल गर्दै आएको छ भने जघन्य अपराधलाई निरुत्साहित गर्नेगरी फैसलामा जोड दिएको बताइएको छ । हाल यस अदालतमा मुख्य न्यायाधिस बास्तोला सहित ५ जना न्यायाधिस रहेका छन् भने करिब ७० जना कर्मचारी कार्यरत छन् ।

    प्रतिकृया दिनुहोस्

    जापानको सत्तारुढ दलका नेतासँग प्रचण्डको भेटवार्ता

    जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानको सत्तारुढ दलका नेतासँग भेटवार्ता...

    समान ढंगले सिट बाँडफाँट नभए तालमेल हुदैनः झलनाथ खनाल

    नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धन गरेर...

    निर्वाचन सम्बन्धी कानुन संशोधन गर्न सरकार तयार छः कानुनमन्त्री शर्मा

    कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा काइरालाले निर्वाचन सम्बन्धी कानुनलाई संशोधन गर्न सरकार...

    चीन आक्रमणको अन्तिम तयारीमा छः ताइवान

    चीन आक्रमणको अन्तिम तयारीमा रहेको ताइवानका विदेशमन्त्री जोसेफ वुले बताएका छन्। सीमा क्षेत्रमा चीनले गरेको...

    देशभरका नासुले आज आन्दोलन गर्ने

    तलब फरक भएको भन्दै देशभरका नायब सुब्बा(नासु)ले आज मंगलबार आन्दोलन गर्ने भएका छन्। सरकारले असमान...