News Portal

  • एसपीपीमा संलग्न भएको प्रमाण देखाउन ओलीको माग

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २० असार २०७९
    ६१० पटक
    भक्तपुर, २० असार २०७९

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीमा सहभागि हुने विषयमा सुशील कोइराला नेतृत्वकै सरकारले एसपीपीमा सहभागिता रहनेगरी पत्राचार गरेको बताएका छन् । संसदमा समय लिएर सोमबार संबोधन गरेका ओलीले आफूले अमेरिकाबाट नेपाल एसपीपीमा सामेल भएको भन्ने रिपोर्टपछि आफूले नै रोकेको बताए ।

    ओलीले संसदमा भने, “मैले बाहिर बाहिर सुन्छु नेपाली सेना यस्तो चर्चामा आउनुपर्ने संस्था होइन । तर, किन आयो भने सेनाले सोझै विदेशी दुतावासमा पत्राचार गर्‍यो , सेनाले त्यसरी आफै पत्राचार गर्दैन ।” “मैले भनिरहनु पर्दैन । संविधान जारी हुँदा प्रधानमन्त्री को थियो, असोज ६ गते मन्त्रीस्तरीय निर्णय गर्दा रक्षामन्त्री प्रधानमन्त्री को थियो । त्यसवेलाका सचिव अहिले त उहाँ पत्राचार गराउँदा जानकारी गराइएको थियो भन्नुहुन्छ । यस कुराको सत्य तथ्यको सम्बन्धमा तत्कालिन सेनापति राजेन्द्र क्षत्रीसँग कुरा गरे हुन्छ,” ओलीले भने, “म संलग्न भएर कुनै पत्राचार भएको भए प्रमाण ल्याउनुहोस् ।” उनले अहिले सरकारमा भएका पार्टीका नेताले एसपीपी जस्तो गम्भीर विषयलाई ख्यालठट्टाको विषय बनाएको टिप्पणी गरे ।

    उनले सरकारले एसपीपीमा सहभागि नहुने विषयमा पत्राचार गरेको भन्दै प्रचार भएको भन्दै कुन मितिमा कुन संयन्त्रबाट पत्र पठाएको पनि जानकारी गराउन माग गरे ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...