News Portal

  • काठमाण्डौ उपत्यकाको सुरक्षाको जिम्मा सङ्घीय प्रहरीलाई

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २१ असार २०७९
    ६० पटक
    भक्तपुर, २१ असार २०७९

    गृहमन्त्री बालकृष्ण खाणले बढ्दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले काठमाण्डौ उपत्यकाको सुरक्षाको जिम्मा सङ्घीय प्रहरीलाई दिने तयारी गर्नुपरेको स्पष्ट पारेका छ ।

    आज मङ्गलवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा गृहमन्त्री खाणले यस्तो भनाइ राखेका हुन् । राजधानी काठमाण्डौमा दैनिकजस्तो सुरक्षा संवेदनशीलताका घटना बढ्दै गइरहेको उल्लेख गर्दै गृहमन्त्री खाणले यस्ता घटनामा नागरिकको सुरक्षाका लागि पनि प्रहरी परिचालन बढाउनुपर्ने बाध्यात्मक अवस्थामा सरकार रहेको बताए।

    काठमाण्डौ, ललितपुर र भक्तपुर को सुरक्षा जिम्मेवारी नेपाल प्रहरीलाई प्रदान गरिएको छ ।

     

     

    प्रतिकृया दिनुहोस्

    चीन आक्रमणको अन्तिम तयारीमा छः ताइवान

    चीन आक्रमणको अन्तिम तयारीमा रहेको ताइवानका विदेशमन्त्री जोसेफ वुले बताएका छन्। सीमा क्षेत्रमा चीनले गरेको...

    देशभरका नासुले आज आन्दोलन गर्ने

    तलब फरक भएको भन्दै देशभरका नायब सुब्बा(नासु)ले आज मंगलबार आन्दोलन गर्ने भएका छन्। सरकारले असमान...

    मोरङमा ट्रक कन्टेनरभित्र पुरुषको शव भेटियो

    मोरङमा ट्रक कन्टेनरभित्र एक पुरुषको शव भेटिएको छ ।सुन्दरहरैँचा नगरपालिकास्थित सलकपुरमा ना ३ ख ४७४३...

    एमाले संघीय निर्वाचनका लागि दल दर्ता गर्ने

    नेकपा एमाले आगामी मंसिरमा तय भएको संघीय निर्वाचनका लागि आज मंगलबार दल दर्ता गराउने भएको...

    फोहर बोकेर बञ्चरेडाँडा गएका गाडीमा तोडफोड

    बञ्चरेडाँडा ल्यान्डफिल क्षेत्रमा फोहर बोकेर गएका गाडीमा तोडफोड भएको छ । धादिङ र नुवाकोटको सीमाना...