News Portal

  • भक्तपुरका ५३८ उम्मेद्वारले बुझाए निर्वाचन खर्च विवरण

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २१ असार २०७९
    ४७१ पटक
    भक्तपुर, २१ असार २०७९

    गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा भक्तपुरका विभिन्न चारवटा स्थानीय तहमा उम्मेदवार बनेकामध्ये ५३८ जनाले निर्वाचनको खर्च विवरण बुझाएका छन् । गत स्थानीय निर्वाचनमा जिल्लामा कूल ९२८ जना उम्मेदवार बनेकामा ५३८ जनाले चुनावी खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका हुन् ।

    स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४९४० तथा स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ४० मा स्थानीय तहमा उम्मेदवार बनेका प्रत्येकले निर्वाचन सम्पन्न भएको ३० दिनभित्र खर्च विवरण निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ को नियम ४० मा व्यवस्थाअनुसार अझै ३९० उम्मेदवारले खर्चको विवरण बुझाउन बाँकी रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी भीमबहादुर बिसीले जानकारी दिए ।

    सूचना अधिकारी बिसीले असार मसान्तसम्म पनि विवरण नबुझाउनेहरुलाई निर्वाचनसम्बन्धी ऐनअनुसार कारबाही गरिने जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...