News Portal

  • मध्यपुर थिमिमा सूचनाको हक सम्बन्धी अन्तरक्रिया सम्पन्न

    भक्तपुरपोस्ट संवाददाता मध्यपुर थिमि, २२ असार
    १४७२ पटक
    antarkriyaमध्यपुर थिमि, २२ असार

    भक्तपुरको मध्यपुर थिमिमा सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको आयोजना, मध्यपुर थिमि नगरपालिकाको सह आयोजना र राष्ट्रिय सूचना आयोगको सहकार्यमा ‘सूचनाको हक कार्यान्वयनमा स्थानीय सरकारको दायित्व’ विषयक अन्तरक्रिय कार्यक्रम सम्पन्न भएको हो ।

    नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष एवं राष्ट्रिय समाचार समितिका नवनियुक्त अध्यक्ष धर्मेन्द्र झाले उक्त विषयमा प्रकाश पार्दै आफ्नो प्रस्तुतीकरण दिएका थिए । निरंकुशतामा सूचनाको संकुचन हुने भएपनि लोकतन्त्रमा सूचना पारदर्शी हुनुपर्नेमा जोड दिदै उनले सूचना लुकाउने विरुद्ध उजुरी गरेर सूचना पाउनुपर्ने अवस्था अन्त्य गर्नुपर्ने आवस्यकता औल्याएका थिए । उनको प्रस्तुतीसंगै अन्तरक्रियामा विषय प्रवेश गरिएको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले सूचनाको हक सम्बर्द्धन गर्न नगरपालिकाको तर्फबाट प्रतिवद्धता प्रकट गरेका छन् । सूचनाको हक पत्रकारको मात्र नभई सबै नागरिकको हक भएको भन्दै उनले नेपाल सरकारले तोकेको नियममा बसेर सूचना दिन नगरपालिका तयार रहेको बताए । नगरपालिकाको सूचना सार्वजनिक गर्न पत्रकारको महत्वपूर्ण भूमिका हुने भन्दै उनले नेपाल पत्रकार महासंघमार्फत नगर सभा लगायत कार्यक्रममा पत्रकारलाई आमन्त्रण गरिएको र त्यसलाई निरन्तरता दिइने जानकारी दिए ।

    नगरपालिकाको प्रत्येक गतिविधिबारे सुशुचित हुने हरेक नगरवासीको हक भएको भन्दै नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट त्यसैगरी नगर सभाले पारित गरेका ऐनकानुन लगायतका विषय जनता समक्ष औपचारिकरुपमा सार्वजनिक गर्ने उनले घोषणा समेत गरे । नगर प्रमुख श्रेष्ठले एक औपचारिक कार्यक्रम नै गरेर उक्त विषयहरुबारे जनतालाई प्रष्ट पार्ने बताए ।

    कार्यक्रममा विशेष अतिथि रहेका मध्यपुर थिमिका उपप्रमुख विजय कृष्ण श्रेष्ठले पत्रकारहरु बायस हुनु नहुनेमा जोड दिए । पत्रकारले कुनै पक्षमा नलागी निष्पक्ष भएर जनता लाई सूचना सस्प्रेषण गर्न सुझाव दिंदै उप प्रमुख श्रेष्ठले पत्रकारिताको बिकासमा नगरपालिकाले सहयोग गर्ने बताए ।

    जनताको सेवा गर्नु जनप्रतिनिधि र नगरपालिकाको कर्तब्य भएको भन्दै उनले जनताको सूचना पाउने अधिकार रक्षा र प्रबर्द्धनमा कुनै कमी हुन नदिने प्रतिवद्धता प्रकट गरेका थिए ।

    त्यसैगरी विशेष अतिथि रहेका नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीले सूचनाको हक लुकाउने प्रवृत्ती विरुद्ध पत्रकार महासंघ रहेको प्रष्ट पारे ।

    सूचनाको हक पत्रकारको मात्र नभई आम नागरिकको समेत कानुनी हक भएकोबारे सुशिचित गर्न प्रेरित गर्दै महासचिव पुरीले सूचनाको हकका लागि महासंघले निरन्तर आवाज उठाइरहने बताए ।

    उक्त अवसरमा महासंघका सचिव नारायण किलम्बुले सूचनाको हक कार्यान्वयन भए मात्र सुशासन हुनेकुरा सुनाए ।

    स्थानीय सरकारको सुशासन सूचनाको पारदर्शीताले मापन हुने किलम्बुले दावी गरे ।

    त्यस्तै राष्ट्रिय सूचना आयोगका सचिव भगिरथ पाण्डेले देशैभरबाट प्राप्त उजुरी हेर्दा ७२ प्रतिसत स्थानीय तहसंग सम्बन्धित भएको जानकारी दिए । सूचना दिन्न भन्न नहुने जानकारी दिंदै उनले सूचना दिन नपर्ने कारण दिनुपर्ने प्रष्ट पारे ।

    सूचना दिनु नपर्ने विषयहरुबारे बताउदै सचिव पाण्डेले सूचना दुरुपयोग गर्नेलाई दण्डित गर्ने समेत कानुन भएको जानकारी दिए । कतिपय सूचना बद्नाम गर्ने र बार्गेनिङ्ग गर्ने नियतले मागिएको बारे खुलासा गर्दै उनले कतिपय सूचना प्रदान गर्न व्यवहारिक कठिनाइ समेत हुने गरेको देखिएको जानकारी दिए ।

    कार्यक्रममा भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले नागरिकले खोजेको सूचना सजिलै पाउनुपर्नेमा जोड दिदै सबैलाई सूचनाको पहुँचमा पुर्याउन आफूहरुले योजनावद्ध कार्य गरिरहेको जिकिर गरिन ।

    भक्तपुरमा सबै कार्यालयमा फोटो र सम्पर्क नम्बर सहित सूचना अधिकारी राख्न निर्देशन गरिएको र त्यसको अनुगमन समेत भएको बारे जानकारी गराउदै प्रमुख जिल्ला अधिकारी शर्माले सरकारीमात्र नभई गैरसरकारी संघसंस्थामा पनि अनिवार्यरुपमा सूचना अधिकारी राख्नुपर्ने ब्यवस्थामा जोड दिइएको जानकारी गराइन् ।

    कार्यक्रममा मध्यपुर थिमि वडा नम्बर ४ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठ, वडा नम्बर ८ का वडाध्यक्ष रमेश थापा श्रेष्ठ, वडा नम्बर ९ का वडाध्यक्ष सानुकाजी राजवाहकले सूचना माग हुँदा दिने प्रक्रियाबारे जिज्ञासा राख्दै यस विषयमा थप अन्तरक्रियाको आवश्यकता औल्याएका थिए ।

    कार्यक्रममा मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थी, नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवाल, केन्द्रीय सदस्य रामकृष्ण अधिकारी, काठमाडौं अध्यक्ष सूर्य सुबेदी, भक्तपुरका सस्थापक अध्यक्ष रमेश खड्का, निवर्तमान अध्यक्ष एवं सल्लाहकार पुष्करराज बुढाथोकी, सल्लाहकार रमेश गिरी, मध्यपुर संचार समाजका अध्यक्ष बाबुकाजी साछें श्रेष्ठ, राष्ट्रिय संचार केन्द्रका अध्यक्ष पेशल आचार्य लगायत पत्रकारका बिभिन्न संघसस्थाका प्रतिनिधि समेत सहभागी रहेका थिए ।  उक्त अवसरमा सूचना सुशासनको लागि अत्यावश्यक भएको ठहर गर्दै संविधानमै ब्यवस्था गरिएको भएपनि सूचनाको हक बारे थाहा नहुँदा र प्रयोगमा कठिनाई ब्यहोर्नु पर्दा जनता सूचनाबिहीन भएर बस्न बाध्य भएकोमा चिन्ता ब्यक्त गरिएको थियो । कार्यक्रममा सूचना माग गर्ने र प्राप्त गर्ने कुरालाई निरुत्साहन नभई प्रोत्साहन गर्नुपर्ने निष्कर्ष निकालिनुका साथै सूचनाको माग गर्दा ब्यवहारिक र सही उदेश्य हुनुपर्नेमा जोड दिइएको थियो ।

    नेपाल पत्रकार महासंघ भक्तपुरका कावा अध्यक्ष सुन्दर सिल्पकारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष लिला श्रेष्ठले स्वागत मन्तब्य राखेकी थिइन् भने संचालन महासंघका सचिव संजीप घिमिरेले गरेका थिए ।

     

    प्रतिकृया दिनुहोस्

    पक्राउ परेका पूर्व सभामुख महरा अस्वस्थ, नर्भिकमा उपचार हुँदै

    नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरा थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन्...

    सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम

    नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा भएको छ। प्रधान सेनापति प्रमुराम...

    दीपेश पुनलाई ८ दिन हिरासत

    काठमाडौं, ४ चैत २०८० । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई ८ दिन हिरासतमा राख्न...

    ३० बर्षपछि कुम्भ राशिमा शनी उदय, ६ राशिलाई फाइदै फाइदा

    आज चैत्र ४ गते आईतवार ३० बर्षपछि कुम्भ राशिमा शनी उदय भएको छ । काठमाडौको...

    न्युजिल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ

    वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा...