News Portal

  • न्युनतम पारिश्रमिक बिना गुणस्तरीय पत्रकारिता कठिन : अध्यक्ष खड्का

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २५ असार २०७९
    ५६७ पटक
    भक्तपुर, २५ असार २०७९

     न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले पत्रकारहरुको न्युनतम पारिश्रमिक ग्यारेन्टी नगरी गुणस्तरीय पत्रकारिताको कल्पना सम्म पनि गर्न नसकिने बताएकी छन् । शुक्रबार भक्तपुरको दुधपाटीमा आयोजित श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था, चुनौती र भावी रणनीति विषयक अन्तरक्रिया कार्यक्रममा उनले न्युनतम पारिश्रमिक बिना गुणस्तरीय पत्रकारिता कठिन भएको बताएकी हुन् ।                                                                                                                                                           पत्रकार योग्य खोज्ने तर न्युनतम पारिश्रमिक नदिने गर्दा पेशाप्रति नै नयाँ पुस्ताको आकर्षक घट्न सक्ने तर्फ सचेत हुनुपर्नेमा जोड दिदै अध्यक्ष खड्काले आफ्नो समितिले पत्रकारका लागि न्युनतम पारिश्रमिक निर्धारण गर्ने मात्र नभइ लागू गराउन समेत पहल गर्ने प्रष्ट पारिन् । न्युनतम पारिश्रमिक लागू गर्न पत्रकार महासंघ लगायत पत्रकार संग सम्बन्धित संघसस्थाहरु एकतावद्ध भएर अघि बढ्नुपर्ने आवस्यकता औल्याउँदै अध्यक्ष खड्काले पत्रकार आफैले श्रमको शोषण गराएर  पत्रकारिता गर्नु नहुने सुझाव दिइन ।                                                                                                          २७ वर्ष अघि ऐन बनेको स्मरण गर्दै उनलेे अहिलेसम्म पूर्णरुपमा न्यूनतम पारिश्रमिक कार्यान्वयन हुन नसक्नुमा पत्रकारहरुको पनि कमजोरी भएको बताइन् । काम गर्दा नियुक्ती पत्र लिएर मात्र काम गर्न आग्रह गर्दै अध्यक्ष खड्काले उजुरी गर्ने र न्याय पाउने तर्फ सचेत समेत गराइन । उनले आफू समितिको नेतृत्वमा आएको तीन महिना मात्र भएको भन्दै आफ्नो कार्यकालमा अनुभुति हुनेगरी पत्रकारलाई न्युनतम पारिश्रमिक दिलाउन प्रयास गर्ने प्रतिवद्धता प्रकट गरेकी थिइन् ।   सरकारी संचार माध्यम, ठुलो लगानीका संचार माध्यम हुदै स्वरोजगारमूलक संचार माध्यम सम्म तहगत रुपमा न्युनतम पारिश्रमिक लागू गराउदै जाने उनले योजनाबारे बताइन् ।                                                                                                        कार्यक्रममा समितिका सदस्यद्वय गोपाल तिवारी र ऋषिकेश श्रेष्ठले समितिले गरेका उल्लेखनीय कार्यहरुबारे जानकारी गराउदै कार्यक्रमको औचित्य र महत्व माथि प्रकास पारेका थिए ।  उक्त अवसरमा  नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिकी सदस्य लक्ष्मी गारु, भक्तपुरका निर्वतमान अध्यक्ष एवं सल्लाहकार पुस्करराज बुढाथोकी, कार्यसमिति सदस्य रामगोपाल तमखु, रास्ट्रिय संचार केन्द्रका अध्यक्ष पेशल आचार्य, समाजवादी प्रेस संगठन भक्तपुरका अध्यक्ष दिनेश कार्की, प्रेस सेन्टरकी सहसचिव निशा कुस्मा, अग्रज पत्रकार कृष्ण किसी, सुरेश साँयजु, ईश्वरराज खाइजु त्यसैगरी पत्रकार आरके तितजु, सुवास चौलागाईं, सिर्जना खतिवडा, पुजा बस्नेत, रचना बयलकोटी लगायत सहभागी रहेका थिए ।


    नेपाल पत्रकार महासंघ भक्तपुर शाखासँगको सहकार्यमा न्यूनतम पारिश्रमिक निर्धारण समितिद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ भक्तपुरका कार्यबाहक अध्यक्ष सुन्दर सिल्पकारले गरेका थिए भने कार्यक्रमको संचालन सचिव संजीप घिमिरे शुभचिन्तकको रहेको थियो । उक्त कार्यक्रममा सह सचिव हेमराज ढकालले  स्वागत मन्तब्य राखेका थिए ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...