News Portal

  • अनाथ बालबालिकालाई स्टेशनरी सामाग्री वितरण

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, ३२ असार २०७९
    ८०१ पटक
    भक्तपुर, ३२ असार २०७९

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले, भक्तपुर नगर क्षेत्रमा अध्ययतरत अनाथ बालिबालिकालाई स्टेशनरी सामाग्री वितरण गरेका छन् । भक्तपुर नपाको आयोजनामा भएको उक्त कार्यक्रममा नगर प्रमुख प्रजापतिले ३१ जना बालबालिकाहरुलाई स्कूल ब्यागसहित स्टेशनरी सामाग्री वितरण गरेका छन् ।

    कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले भक्तपुर नपाले आर्थिक रुपले पिछडिएका विद्यार्थीहरुलाई शिक्षा हासिल गर्नबाट बञ्चित हुन नदिन शैक्षिक ऋण तथा छात्रवृत्तिको व्यवस्था गर्दै आइरहेको बताएका छन्। विद्यार्थीहरु नैतिकोल्नुहवान हुनुपर्नेमा जोड दिद उनले विद्यार्थीहरु आफ्नो लक्ष्य प्राप्त गर्न प्रतिबद्ध भएर अध्ययनमा लाग्नुपर्ने बताए । प्रमुख प्रजापतिले विद्यार्थीहरुको साथ र संगत राम्रो भए उनीहरुको भविष्य पनि राम्रो हुने बताउदै ,शिक्षक शिक्षिकाहरुले विद्यार्थीहरुलाई गलत काम गर्नबाट समयमै सचेत पार्नुपर्ने जानकारी दिएका छन्।

    भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले आर्थिक रुपले कमजोर बालबालिकाहरुलाई राम्रो शिक्षा प्रदान गर्न सके उनीहरु पनि विद्यार्थीसरह व्यक्तित्व विकासमा अगाडि बढ्ने बताएका छन् ।भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले विद्यार्थी जीवनदेखि राम्रोसँग मेहनत गरी अध्ययन गर्न विद्यार्थीहरुलाई प्रेरित गरेका छन् ।

    कार्यक्रम कार्यपालिका सदस्य रोशनमैया सुवालको सभापतित्वमा भएको थियो भने कार्यपालिका सदस्य छोरीमैंया सुजखू र वडा नं. ८ का वडा सदस्य सुमित्रा बोहजूले पनि बालेका थिए। स्टेशनरी सामाग्री वितरण कार्यक्रममा समाजसुधार, बालविकास इ. स्कूल, ब्रम्हचारिणी, बासु मावि, भीम आदर्श, बागीश्वरी, वाइजल्याण्ड र मेधा माविमा अध्ययनरत ३१ जना अनाथ बालबालिकाहरुलाई पेन, साइनपेन, सिसाकलम, बक्स, कलर बक्स, पेन्सिल कलर, स्केल, कम्पास, ड्रइङ कपी, प्रोट्याक्टर, कापी, गम, कैची, सेलो टेप, एक्ज्याम बोर्ड, स्टीक फाइल र स्कुल ब्याग वितरण गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...