News Portal

  • सहकारीका अध्यक्षले नै व्यवस्थापकलाई फसाउन डिकीमा पेस्तोल राखेपछि

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३ साउन २०७९
    ५३२ पटक
    भक्तपुर, ३ साउन २०७९

    ललितपुरमा एक सहकारीका अध्यक्षले आफ्ना व्यवस्थापकलाई फसाउन स्कुटरको डिकीमा पेस्तोल राखेको खुलेको छ । गत असार १३ गते स्कुटरको डिकीबाट पेस्तोलसहित व्यवस्थापक पक्राउ परेपछि प्रहरी अनुसन्धानमा उक्त तथ्य खुलेको हो ।

    गत असार १३ गते दिउँसो साढे २ बजे लुभुस्थित सहयोगी बहुउद्देश्यीय सहकारी संस्थामा कार्यरत म्यानेजर श्यामकृष्ण श्रेष्ठ चढ्ने प्रदेश ३–०२–०१२ प ६२४१ नम्बरको स्कुटरको डिकीबाट २ राउण्ड गोलीसहितको पेस्तोल बरामद भएको थियो। पेस्तोलसहित प्रहरीले श्यामकृष्णलाई पक्राउ गरेको थियो।

    तर प्रहरीले अनुसन्धान गर्दै जाँदा अर्कै तथ्य फेला पा¥यो। प्रहरीले म्यानेजरलाई फसाउन खोजेको भन्दै सहकारीका वर्तमान अध्यक्ष अनिल श्रेष्ठ र निवर्तमान उपाध्यक्ष अख्खनदास श्रेष्ठलाई पक्राउ गरेको छ । श्यामकृष्ण श्रेष्ठलाई भने हाजिर जमानीमा छाडिएको प्रहरीले जनाएको छ ।

    श्यामकृष्ण श्रेष्ठ पक्राउ परेको मिति असार १३ गतेभन्दा पहिले पनि अनिल श्रेष्ठले जिल्ला प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरीलाई फोन गरी श्यामकृष्ण श्रेष्ठ चढ्ने स्कुटरमा पेस्तोल र गोली छ भनि सूचना दिएका थिए। त्यतिबेला प्रहरी परिचालन गरिएकोमा उक्त नम्बरको स्कुटर ललितपुर प्रहरी टोलीले फेला पारेको थिएन।

    गत जेठ २५ गते अनिल श्रेष्ठ उक्त सहकारीमा गए र आफैं सहकारी कार्यालयको पार्किङ एरियामा गई श्यामकृष्ण चढ्ने स्कुटरबाट उक्त हतियार निकाले। अनिलको यो क्रियाकलाप सोही सहकारीमा जडित सीसीटीभीमा देखियो।

    त्यसपछि असार १३ गते सहकारीको काममा श्यामकृष्ण श्रेष्ठ प्रदेश ३–०२–०१२प ६२४१ नम्बरको स्कुटर चढी लगनखेलस्थित मालपोत कार्यालयमा जान भनि हिडे। अनिल श्रेष्ठले भने प्रहरीलाई फोन गरी श्यामकृष्ण श्रेष्ठको स्कुटरमा हतियार छ भनी सूचना दिए। अनिल आफैंले श्यामकृष्णको पिछा गरी प्रहरीलाई २५ पटक कल गरी श्यामकृष्णको लोकेशन जानकारी गराई लगातार अवैध हतियारको सूचना दिएको प्रहरीले जनाएको छ।

    श्यामकृष्णले चढ्ने स्कुटर सहयोगी बहुउद्देश्यीय सहकारी संस्थाको थियो। परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहका अनुसार सो स्कुटरको दुइटा चाबी छ । उक्त स्कुटर एक वर्षदेखि श्यामकृष्णले चढ्दै आएको भए पनि उक्त स्कुटरको अर्को साँचो पूर्व उपाध्यक्ष अख्खनदास श्रेष्ठसँग हुन्थ्यो। अख्खनले करिब २५ दिन अगाडि साँचो अध्यक्ष अनिललाई दिइसकेको बताएको हुँदा अनिलले जुनसुकै बेला स्कुटरको डिकी खोली हतियार राख्न अवस्था विद्ममान रहेको प्रहरीको भनाइ छ।

    अनुसन्धान गर्दै जाँदा लुभुका ४३ वर्षीय सहकारीका अध्यक्ष अनिल श्रेष्ठ तानिएको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताए। पूर्वरिसइबी तथा उनले आफ्नो र आफ्ना परिवारका नाममा सहकारीबाट लिएको कर्जा असुलीमा ताकेता गर्दा म्यानेजर श्यामकृष्ण श्रेष्ठलाई फसाउन अध्यक्ष अनिल हात धोएर लागेको प्रहरी अनुसन्धानले देखाएको छ ।

    पक्राउ परेका दुईमाथि हातहतियार तथा खरखजाना, आपराधिक षड्यन्त्र मुद्दामा जिल्ला अदालत ललितपुरबाट हिरासतमा राख्न प्रहरीले अनुमति लिएको छ । यसमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...