News Portal

  • जनैपूर्णिमा र गाईजात्रा एकैदिन मनाउन पञ्चाङ्ग निर्णायक समितिको आग्रह

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२६ साउन २०७९
    ४४१ पटक
    भक्तपुर,२६ साउन २०७९

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यो वर्ष जनैपूर्णिमा र गाईजात्रा पर्व एकैदिन मनाउन आग्रह गरेको छ । यही साउन २७ गते ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्व मनाउन धर्म, संस्कृति र परम्पराअनुकूल रहेको जनाइएको छ । जनैपूर्णिमा र गाईजात्रा एकैदिन परेकाले अनयोल पैदा भएको थियो भने भक्तपुर नगरपालिकाले २६ गते जनैपूर्णिमा मनाउने घोषणा गरेको थियो ।

    समितिका अनुसार यो वर्षको जस्तो तिथिहरूको अवस्था वि सं १९९४, २०२४, २०३०, २०३१, २०५५, २०६१ र २०७० सालमा पनि परेको थियो । ती वर्षहरूमा पूर्णिमाकै दिन पर्व मनाइएको थियो ।

    समितिले कुनै भ्रममा नपरी साउन २७ गते नै रक्षाबन्धन र गाईजात्रा पर्व मनाउन अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...