News Portal

  • १ सय ३३ किलोमिटर नाँङ्गो खुट्टा हिंड्नपर्ने विश्वकै ठूलो धार्मिक पदयात्रा ‘मिथिला परिक्रमा’

    जनकपुरधाम, ९ चैैत २०८०
    ४२७ पटक
    जनकपुरधाम, ९ चैैत २०८०

    पुरन साह, जनकपुरधाम । मिथिलाञ्चलको महाकुम्भ मानिने १५ दिवसीय मिथिला मध्यमा परिक्रमा जारी छ । १ सय ३३ किलोमिटर नाँङ्गो खुट्टा हिंड्न पर्ने यो विश्वकै सबैभन्दा ठूलो मानिने धार्मिक पदयात्रामा नेपाल मात्र होइन भारतीय नागरिकको पनि उतिकै सहभागिता, सदभाव, अपनत्व र लगानी पनि छ ।

    परिक्रमाको क्रममा नेपालका ११ र भारतका ४ गरी कुल १५ विश्राम स्थलहरु छन्, जहाँ परिक्रमाका तिर्थालुहरु रात्री विश्राम गर्दछन् । नेपाल भारत बिचको सदियौंको सम्बन्धका कारण उनीहरुको हरेक विश्राम स्थलमा नजिकमा पर्ने परिवारजन, ईष्टमित्रहरु घर–घरबाट खानपिनका सरसमानहरु लिएर सेवा गर्न पुग्दछन् । यसरी सेवा गर्नाले धर्मको भागी हुने जनविश्वास छ ।
    खुला सीमाका कारण निर्वाध रुपमा यस देशबाट त्यस देशको धार्मिक तथा पर्यटकीय स्थलमा जाने सरल सुलभ वातावरणका कारण दुवै तर्फका स्थानीयको व्यापार प्रवद्र्धन भई जीवनयापनमा टेवा समेत पुग्ने गरेको र आर्थिक उन्नती हुने गरेको मधेश मामिलाका जानकार वरिष्ठ पत्रकार चन्द्रकिशोर झाले बताए ।

    दुवै देशको सामूहिक यो महापर्व र पदयात्रा आज खुला सीमाकै कारण सम्भव र सार्थक छ । नेपाल–भारत खुला सीमा सम्वाद समूहका अध्यक्ष राजीव झाले भने, ‘खुला सीमा बिना यस्ता पौराणिक धार्मिक यात्रा र विरासतको कल्पना समेत गर्न सकिदैन ।’ समूहले हरेक वर्ष परिक्रमाका क्रममा विश्राम स्थलहरुमा हेल्प डेस्क सञ्चालन गरी दुवै तर्फका तिर्थालु, दर्शनालु सहितलाई विभिन्न सहयोग गर्दै आएको छ ।

    यस वर्ष महोत्तरीको मडै विश्राम स्थलमा आयोजित समूहको हेल्प डेस्कको अवलोकन गरेकी मधेश सरकारकी खेलकुद तथा समाज कल्याणमन्त्री सुरिता साहले खुला सीमा बिना सिमावर्ती नेपाल र भारतका जनताको जनजीविकाको कल्पना गर्न नसकिने भन्दै खुला सीमाले दुई देश बीचको सम्बन्ध र दैनिकी पनि सहज भएको बताइन् । त्यसैगरी, राष्ट्रिय मुक्ति क्रान्तिका नेता केशव झाले यो परिक्रमा पौराणिक र ऐतिहासिकको साथसाथै साँस्कृतिक र धार्मिक महत्त्व बोकेको महोत्सव भएकोले बार्है महिना घुम्न सक्ने गरी पर्यटकीय मार्गको रूपमा विकास गरी विश्वभरिका हिन्दुहरुलाई आकर्षित गर्ने योजना अगाडि बढाउनु पर्ने बताए ।

    यसका अलावा हेल्प डेस्कमा राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक पुर्व उपप्रधानमन्त्री राजेन्द्र महतो, प्रदेश सांसद तथा मधेश सरकारका पूर्वमन्त्री राम सरोज यादव सहितकाले अवलोकन गरेका छन् । हेल्प डेस्कमा संवाद समूहका मधेश प्रदेश सहसंयोजक दीपक यादव, केन्द्रीय सदस्य कृष्ण कुमार साह, धनुषा जिल्ला अध्यक्ष मनोज साह, केन्द्रीय सदस्य धनेश्वर ठाकुर लगायतका खुला सीमाका पक्षधरहरु भक्तजनहरुको सेवामा समर्पित भावले अहोरात्री खटेका छन् ।

    समूहका उपाध्यक्ष वरिष्ठ पत्रकार शैलेन्द्र झाले यस वर्ष हेल्प डेस्क अधिकांश विश्रामस्थलमा सञ्चालन भएकोमा प्राथमिक उपचार, औषधी, पानी, माइकिङ्ग सेवासहित परामर्श दिने कामहरु समेत भएको बताए । समूहले खुला सीमा नभएको खण्डमा यस्ता धार्मिक महोत्सव मात्र नभई धार्मिक सम्पदाहरु नै ध्वस्त हुने भएकाले सुरक्षित खुला सीमाका लागि आफूहरु प्रयासरत रहेको बताउँछन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...