News Portal

  • भक्तपुरको प्रसिद्ध बिस्का जात्रा शुरु, स्थानीय सरकार र प्रशासन पनि जात्रा केन्द्रीत

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २७ चैैत २०८०
    ५०८ पटक
    भक्तपुर, २७ चैैत २०८०

    सौर्यमासका आधारमा मनाइने देशकै एकमात्र सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा (बिस्का जात्रा) मंगलबारबाट शुरु भएको छ ।

    नेपाल भाषामा वि अर्थात् विषधारी नाग – सिका अर्थात् मारिएर भन्ने हुन्छ । विषधारी नाग मारिएको खुशीयालीमा मनाइएको यो जात्रा वि- सिका बाट बिस्का जात्रा हुँदै कालान्तरमा अपभंस भई बिस्केट जात्रा भनिन थालिएको हो । नाग र नागिनको संहार गरि बस्ती विस्तार गरेको खुसीयालीमा बिस्का जात्रा मनाउने किंवदन्ती रहेको छ।

    तःमारी (टौमढी)स्थित नागपताकासहितको ल्योसिं (लिङ्गो)उठाउदै ८ रात ९ दिन सम्म मनाइने बिस्केट जात्रा भैरवनाथको रथ तानातान गर्दै शुरुवात गरिएको छ । काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीन तल्ले रथमा रथभित्र भैरवनाथको मूल देवता र अगाडि बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट रथ तान्न थालेपछि यो वर्षको जात्रा शुरु भएको हो ।

    ल्योसिं (लिङ्गो) उभ्याइने र ढाल्ने नै विस्केट जात्राको प्राचिन प्रचलन मानिन्छ । मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधानसमेत थप गरी ८ रात ९ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको बताइन्छ । लिच्छवी कालदेखि सुरू भएको मानिने भक्तपुरको प्रसिद्ध विस्केट जात्रा वर्तमान समयमा पनि भव्यरूपमा मनाइन्छ ।

    जात्रा हेर्न भक्तपुरमा उपत्यकाबाट मानिसहरु भक्तपुर आइपुग्ने गर्दछन । मंगलवार बिहानै देखि भक्तपुरका बासिन्दाले ल्योसिं उभ्याएको ठाउँमा बलि दिने र पूजा गर्ने गरेका थिए । बेलुकीबाट भैरवनाथको रथ तानातान समेत शुरु भएको छ ।

    बिस्का जात्रामा टोलटोल बाट देवीदेवताको खट ल्याउने प्रचलन छ । टोलटोलमा मनाउने विभिन्न देवी देवताहरुको जात्रा हेर्दा मानिसले मात्र नभई देवी देवताहरुले समेत भैरव र भद्रकालीप्रति सम्मान व्यक्त गरेको अर्थ राख्ने इतिहासविद प्राडा पुरुसोत्तमलोचल श्रेष्ठ बताउँछन् ।

    जात्रालाई दुर्घटनारहित बनाउनु चुनौतीपूर्ण 
    बिस्का जात्रामा दुर्घटना प्राय दुई प्रकारले हुने गर्दछ । पहिलो कारण रथ तानातान गर्ने दुई टोलका समूहबीच बिबाद भई झडपको अवस्था सिर्जना हुने सोहीकारण मानिसहरु घाइते हुने र ज्यानै पनि जाने खतरा रहन्छ । दोश्रो रथ भाचिएर जात्रालुलाई किच्दा मानिसहरु घाइते हुने र ज्यान जाने खतरा रहन्छ । दुर्घटनारहित बिस्काको लागि सबैको सामुहिक पहल पहिलो सर्त हो ।
    नगरपालिकाद्वारा सद्भाव र्याली सम्पन्न
    जात्रालाई शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढंगले मनाउन मंगलवार बिहान सद्भाव र्याली समेत सम्पन्न गरिएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा गरिएको र्यालीमा आपसी भाइचारा र मेलमिलापलाई महत्वका साथ अघि सारिएको छ । जात्राको समयमा उच्छृंखल गतिविधि हुन नदिन सचेतना जगाउने उदेश्यले सद्भाव र्याली गरिएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताएका छन् । प्रमुख प्रजापतिका अनुसार जात्रा व्यवस्थापन समितिलाई सहयोग गर्न जनप्रतिनिधि सम्मिलित जात्रा सहयोग समिति समेत बनाइएको छ । जात्रालाई मर्यादित,सभ्य र भब्यरुपमा मनाउन नगरपालिकाले आवश्यक तयारी गरेको उनले जिकिर गरेका छन् ।

    ब्यापक सुरक्षाकर्मी तैनाथ
    जात्रामा शान्ति सुरक्षा कायम गर्न १ हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको सहायक सिडिओ डोरेन्द्र प्रसाद निरौलाले जानकारी दिएका छन् । ठाउँठाउँमा सिसि क्यामेरा राखेर निगरानी गरिएको र उच्छृंखल गतिविधि गर्नेलाई नियन्त्रणमा लिईने बताउदै उनले उच्छृंखल गतिविधि गर्नेलाई जात्रापछि पनि कारवाहीको दायरामा ल्याइने दावी गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...