News Portal

  • बिस्का जात्राको तयारी बैठक, यस्ता छन् एक दर्जन निर्णय

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २० चैत २०८०
    २७६ पटक
    भक्तपुर, २० चैत २०८०

    नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सभ्य, भव्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्न सोमबार सरोकारवालाहरूको  बैठक सम्पन्न भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नपाको सभाकक्षमा सोमबार बैठक सम्पन्न भएको हो ।

    बैठकमा प्रमुख प्रजापतिले २०८०।८१ को बिस्का जात्रा निर्धारित समयमा सुरक्षित ढंगले सम्पन्न गर्न सम्बन्धित सरोकारवालाहरूले आ–आफ्नो तर्फबाट आवश्यक भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । उनले बिस्का जात्रा सञ्चालन र व्यवस्थापनबारे भक्तपुर नपाको तयारीबारे अवगत समेत गराए ।

    २०८० चैत्र २७ गतेदेखि २०८१ वैशाख ५ गते सम्म सञ्चालन हुने ८ रात ९ दिनको बिस्का जात्रा सांस्कृतिक नगरको गौरव गर्न लायक जात्रा भएको बताउँदै निर्धारित समयमै सुरु गरी समयमै सम्पन्न गर्नपर्नेमा उनले जोड दिएका छन् ।

    बैठकमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेको बिस्का जात्रा इन्जिनियरिङको हिसाबले पनि महत्वपूर्ण रहेको बताउँदै बिस्का जात्रालाई स्थानीय जनताद्वारा अपनत्व ग्रहण गरेको जात्राको रुपमा व्याख्या गरेकी छन् ।

    जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रजिअ रोशनीकुमारी श्रेष्ठले बिस्का जात्रा अवसर र चुनौती मिश्रित भक्तपुरको ऐतिहासिक जात्रा भएको बताउँदै उहाँले गुठी संस्थानको तालिकाअनुसार जात्रा समयमै सम्पन्न गर्न सबैबाट सहयोग हुने बिश्वास ब्यक्त गरिन ।

    उनले बिस्का जात्राको समयमा जात्रा सञ्चालन हुने स्थानहरुमा मदिराजन्य पदार्थहरुको बेचबिखनमा रोक लगाउनु उपयुक्त हुने बताउँदै जात्रा अवधिभर नगरको शान्ति सुरक्षा कायम गर्ने विषयमा जिल्ला प्रशासन कार्यालयले संवेदनशील ढंगले काम गर्ने बताइन ।

    बैठकमा गुठी संस्थान भक्तपुरका प्रमुख खिमा ओलीले गुठी संस्थान कार्यालयले बिस्का जात्राबारे गुठी संस्थानको हालसम्मको तयारीबारे अवगत गराउँदै संस्थानले बिस्का जात्रा सञ्चालनबारे तालिका सार्वजनिक गरेको र सोही तालिकाअनुसार जात्रा सञ्चालन भए जात्रा मर्यादित तथा शान्तिपूर्ण ढंगबाट सम्पन्न हुने जानकारी गराइन ।

    कार्यक्रममा भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्र मान बिजुक्छे र वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले जात्रा सञ्चालन हुने रुटमा सरसफाई र सचेतना कार्यक्रमहरु आयोजना हुने बताउँदै जात्रामा उच्छृंखल गतिविधि गर्नेहरुलाई कडा सजायको व्यवस्था हुनुपर्नेमा जोड दिए ।

    बैठकमा भक्तपुर नपाका जनप्रतिनिधि, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी बल, नेपाल टेलिकम, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाल विद्युत प्राधिकरण, नेपाल रेडक्रस सोसाइटी, भैरवनाथ जात्रा सहयोग समिति, अस्पतालका प्रतिनिधि र जात्रासँग सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहेको थियो भने बिस्का जात्रा व्यवस्थापनबारे आ–आफ्नो तर्फबाट हुने सहयोग र तयारीबारे बैठकमा अवगत गराइएको छ ।

    भक्तपुर नगरपालिकाले बिस्केट जात्रा सञ्चालन गर्ने विषयमा जात्रासँग सम्बन्धित सरोकारवालाबीच निम्न महत्वपूर्ण निर्णयहरू भएका नगर प्रमुखको प्रेस संयोजक कीर्तिका प्रजापतिले जनाएकी छन् ः
    १. यस वर्षको बिस्का जात्रा शान्तिपूर्ण र भव्यताकासाथ सम्पन्न गर्न जात्रा सञ्चालन हुने सम्पूर्ण क्षेत्रहरुको सरसफाई र आवश्यक व्यवस्थापन तथा प्रचार प्रसारलगायत सरोकारवालाहरुस“ग समन्वय गर्ने कार्य भक्तपुर नगरपालिकाले गर्ने निर्णय गरियो ।

    २. विस्का जात्रा अवधिभर नगर क्षेत्रको शान्ति सुरक्षाको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय,भक्तपुर र जिल्ला प्रहरी परिसर, भक्तपुरलगायत सुरक्षा निकायलाई दिने निर्णय गरियो ।

    ३. विस्का जात्रासम्बन्धी सम्पूर्ण पूजाआजा र जात्रा समयमै शुरु र सम्पन्न गर्न आवश्यक तयारीको लागि गुठी संस्थान शाखा कार्यालय, भक्तपुरलाई जिम्मा दिने निर्णय गरियो ।

    ४. विस्का जात्रासँग सम्बन्धित पूजाआजा र आवश्यक तयारीको लागि भैल नायोहरु, जात्रा व्यवस्थापन समिति र सम्बन्धित वडा कार्यालयलाई जिम्मेवारी दिने निर्णय गरियोय ।

    ५. विस्का जात्रा संचालन हुने नगरका सम्पूर्ण क्षेत्रहरुमा रहेको तार, केबुल र फाइबर नेटका केबुलहरु व्यवस्थित गर्न सम्बन्धित सेवाप्रदायकहरुलाई जिम्मेवारी दिने र आवश्यक पत्राचार नगरपालिकाबाट गर्ने निर्णय भयि ।

    ६. विस्का जात्रा संचालन हुने दिनहरुमा नगरका सम्पूर्ण अस्पतालमा रहेका एम्बुलेन्स, दमकल तथा विपद पूर्वतयारीका सामानहरु तयारी अवस्थामा राख्ने नेपाल रेडक्रस सोसाईटी, भक्तपुरले आवश्यक व्यवस्थापन गर्ने र अस्पतालको एमर्जेन्सी वार्डमा स्वास्थ्यकर्मीहरुलाई सतर्क अवस्थामा राख्ने निर्णय भयो ।

    ७. विस्का जात्रा अवधिभर जात्रामा अत्यधिक भीड हुने दिनहरु चैत्र ३०, बैशाख १ र ४ गते भीड हुने स्थानहरुमा नेपाल स्काउटबाट स्वयम्सेवकहरु खटाई आवश्यक व्यवस्थापन गर्ने निर्णय गरियो ।

    ८. विस्का जात्राको क्रममा सडकमा सवारी साधन व्यवस्थित गर्न ट्राफिक कार्यालय, भक्तपुरलाई जिम्मेवारी दिने निर्णय गरियो ।

    ९. विस्का जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न नगरबासीहरु र संघसंस्थाहरुको सहभागितामा यही २०८० चैत्र २७ गते विहान ७ः०० बजे दत्तात्रयबाट सद्भाव ¥याली शुरु गरी टौमढीमा सभा गरी सम्पन्न गर्ने र त्यसको आवश्यक व्यवस्था भक्तपुर नगरपालिकाले गर्ने निर्णय गरियो ।

    १०. जात्रा अवधिभर नगरपालिकाका प्रमुख स्थानहरुमा लागुपदार्थ तथा मदिरा विक्री वितरण निषेध गर्ने निर्णय गरियो ।

    ११. खानेपानी व्यवस्थापन केयुकेललाई र विद्युत प्रशारणमा कुनै किसिमको समस्या आउन नदिन नेपाल विद्युत प्राधिकरण, भक्तपुर शाखालाई जिम्मेवारी दिने निर्णय गरियो ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...