News Portal

  • सिट बाँडफाँटको विषयमा प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवबीच छलफल

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,७ असोज २०७९
    ४२६ पटक
    भक्तपुर,७ असोज २०७९

    सत्ता गठबन्धनमा सिट बाँडफाँटको विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको छ ।

    भेटमा उनीहरूबीच सिट बाँडफाँट टुंग्याउने विषयमा कुराकानी भएको एक नेताले जानकारी दिए । सत्ता गठबन्धनमा सिट बाँडफाँटको विषयमा सहमति हुन नसकिरहेको अवस्थामा तीन अध्यक्षबीच छलफल भएको हो । ती नेताका अनुसार गठबन्धनभित्र ठूलो दल नेपाली कांग्रेसले बढी सिट लिने अडान नछाडेपछि मोर्चाबन्दी गर्नुपर्ने विषयमा छलफल भएको हो ।

    कांग्रेसले धेरै सिटमा दाबी नछोडेकोले त्यहीबारे तीन दलका अध्यक्षहरूबीच छुट्टै छलफल भएको हो । तीन दलले लिने अडान र सहमतिका सम्भावनाहरूबारे छलफल भएको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...