News Portal

  • दलहरूले फोहर गरे, दुई पत्रकार सफा गर्दै

    अनलाइनपर्दा संवाददाता
    १३४३ पटक

    चरिकोट, २७ पुुस । दोलखाको सदरमुकाम चरिकोटमा राजनीतिक दलले चुनावी अभियानका क्रममा बिजुलीका खम्बामा राखेका ब्यानर, झण्डालगायतका सामग्री दुई पत्रकारले झिकेर फाल्न थालेका छन् ।

    नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य चिरञ्जीवी मास्के र नेपाल प्रेस युनियनका वाग्मती क्षेत्र विशेष संयोजक रमेश खतिवडा चरिकोटलाई सफा र स्वच्छ चरिकोट बनाउने उद्देश्यले विगत केही दिनदेखि सरसफाइ अभियानमा जुटेका हुन् ।

    उनीहरूले बजारमा कुचो लगाउनेदेखि आफ्नो टोलतिर देखिएका ससाना फोहरसमेत टिपेर फाल्न शुरु गरेका छन् । राजनीतिक दलले चुनाव सकिएपछि पनि ती सामग्री नझिकेपछि अहिले ती झण्डा र ब्यानर धुलो जमेर फोहरमा परिणत भएका छन् ।

    तिनै फोहरले गर्दा बजारमा फोहर देखिएको भन्दै सदरमुकाम चरिकोट र आफ्नो टोललाई प्रत्येक दिन सरसफाइ गरेर लैजाने बताएका छन् । पत्रकार खतिवडाले आफूहरूले शुरु गरे मात्रै अरुलाई भन्न सुहाउने भन्दै बजारभित्र टाँगिएका ब्यानर र झण्डा निकालेर फालिदिएका छन् । खतिवडा आफैँ भ¥याङ लिएर पोल चढेर पोलबाट झण्डा, ब्यानर निकालिरहेका छन् भने मास्केले भ¥याङ समातेर र फोहर टिपेर सहयोग गरिरहेका छन् ।

    यो अभियानमा उनीहरूले चरिकोटवासीलाई पनि सामेल गरिरहेका छन् । यसलाई चरिकोटवासीले खुलेरै प्रसंसा गरेका छन् । खतिवडा नागरिक दैनिकमा कार्यरत छन् भने मास्के नेपाल समाचारपत्र दैनिकमा कार्यरत छन् । बजार सफा र स्वच्छ राख्न बजारवासीलाई सहयोग गर्न दुवै पत्रकारले अनुरोध गर्दै आफ्नो टोलमा प्रत्येक शनिबार सरसफाइ गर्ने बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...