News Portal

  • दलहरूले फोहर गरे, दुई पत्रकार सफा गर्दै

    अनलाइनपर्दा संवाददाता
    १०८० पटक

    चरिकोट, २७ पुुस । दोलखाको सदरमुकाम चरिकोटमा राजनीतिक दलले चुनावी अभियानका क्रममा बिजुलीका खम्बामा राखेका ब्यानर, झण्डालगायतका सामग्री दुई पत्रकारले झिकेर फाल्न थालेका छन् ।

    नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य चिरञ्जीवी मास्के र नेपाल प्रेस युनियनका वाग्मती क्षेत्र विशेष संयोजक रमेश खतिवडा चरिकोटलाई सफा र स्वच्छ चरिकोट बनाउने उद्देश्यले विगत केही दिनदेखि सरसफाइ अभियानमा जुटेका हुन् ।

    उनीहरूले बजारमा कुचो लगाउनेदेखि आफ्नो टोलतिर देखिएका ससाना फोहरसमेत टिपेर फाल्न शुरु गरेका छन् । राजनीतिक दलले चुनाव सकिएपछि पनि ती सामग्री नझिकेपछि अहिले ती झण्डा र ब्यानर धुलो जमेर फोहरमा परिणत भएका छन् ।

    तिनै फोहरले गर्दा बजारमा फोहर देखिएको भन्दै सदरमुकाम चरिकोट र आफ्नो टोललाई प्रत्येक दिन सरसफाइ गरेर लैजाने बताएका छन् । पत्रकार खतिवडाले आफूहरूले शुरु गरे मात्रै अरुलाई भन्न सुहाउने भन्दै बजारभित्र टाँगिएका ब्यानर र झण्डा निकालेर फालिदिएका छन् । खतिवडा आफैँ भ¥याङ लिएर पोल चढेर पोलबाट झण्डा, ब्यानर निकालिरहेका छन् भने मास्केले भ¥याङ समातेर र फोहर टिपेर सहयोग गरिरहेका छन् ।

    यो अभियानमा उनीहरूले चरिकोटवासीलाई पनि सामेल गरिरहेका छन् । यसलाई चरिकोटवासीले खुलेरै प्रसंसा गरेका छन् । खतिवडा नागरिक दैनिकमा कार्यरत छन् भने मास्के नेपाल समाचारपत्र दैनिकमा कार्यरत छन् । बजार सफा र स्वच्छ राख्न बजारवासीलाई सहयोग गर्न दुवै पत्रकारले अनुरोध गर्दै आफ्नो टोलमा प्रत्येक शनिबार सरसफाइ गर्ने बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरकी सिडिओ श्रेष्ठले मागिन् सुझाव

    roshani shreshtha cdo

    भक्तपुरकी सिडिओ रोशनीकुमारी श्रेष्ठले पत्रकारसंग सुझाव मागेकी छन् । जिल्लाको शान्तिसुरक्षा, सुशासन र अपराध नियन्त्रण...

    गठ्ठाघरमा ‘अगेनो सेकुवा घर’

    ageno sekuwa ghar

    सेकुवाको पारखीहरुका लागि अब भक्तपुरमै स्वादिलो सेकुवा घर खुलेको छ । मासुको परिकार मध्यपुर थिमि–३,...

    कमल बुढाको नेतृत्वमा क्रान्तिकारी प्रेस संगठन

    पत्रकार कमल बुढाको नेतृत्वमा ‘क्रान्तिकारी प्रेस संगठन’ गठन  गरिएको छ । क्रान्तिकारी पत्रकार महासंघ र...

    बिजुक्छे र नेमकिपामाथि राप्रपा नेता मिश्रको प्रहार, माओवादी नेता डिपी ढकालको प्रतिवाद

    rabindra dp

    पूर्वराजा ज्ञानेन्द्र शाहलाई चाँडै राजगद्दीमा देख्न पाइयोस् भनी प्रार्थना गर्ने गरेका पूर्व पत्रकार एवं राप्रपाका...

    पूर्वराजा शाहलाई भक्तपुरमा भब्य स्वागत

    पूर्वराजा ज्ञानेन्द्र शाहलाई भक्तपुरमा भब्य स्वागत भएको छ । आइतवार दरवार स्क्वायरस्थित प्रसिद्ध तलेजु भवानी...