News Portal

  • गौरीगञ्जको बजेट ५५ करोड

    अनलाइनपर्दा संवाददाता
    १८६४ पटक

    झापा, २७ पुस । ५५ करोड १८ लाख ४१ हजार ११३ को बजेट विनियोजन गर्दै गौरीगञ्ज गाउँपालिकाको प्रथम गाउँसभा बुधबार सम्पन्न भएको छ ।

    झापा क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले चालु आवका लागि बजेट सार्वजनिक गर्नुभयो ।

    आन्तरिक कर, राजश्व, नेपाल सरकारबाट प्राप्त हुने विभिन्न शीर्षकको अनुदान र प्रदेश सरकारबाट प्राप्त हुने अनुमानित अनुदानसमेत जोडेर अध्यक्ष श्रेष्ठले २०७४÷०७५ को बजेट सार्वजनिक गर्नुभएको थियो ।

    चालु खर्चतर्फ १९ करोड ५७ लाख ५५ हजार ७३३ (३५.४७५ प्रतिशत) र पूँजीगत खर्चतर्फ ३५ करोड ६० लाख ८५ हजार ३८० (६४.५३५ प्रतिशत) हुने पनि उहाँले जानकारी दिनुभयो ।

    ‘कृषि, शिक्षा, उद्योग, व्यवसायमा उन्नति ः गौरीगञ्जवासीमा समुन्नति’ मूल नारासहित गाउँसभा सम्पन्न भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...