News Portal

  • १० बजे अनसन तोड्दै डा. गोविन्द केसी

    इभक्तपुर संवाददाता
    १०९५ पटक

    अनसनरत डा गोविन्द केसी र सरकारबीच गएराती पाँचबुँदे सहमति भएको कान्तिपुरमा खबर छ । गएराति करिब २ घन्टासम्म चलेको वार्तापछि भएको सहमतिसँगै डा केसीले आज बिहान १० बजे अनसन तोड्नुहुने भएको छ ।

     

    सहमतीअनुसार चिकित्सा शिक्षा आयोग एक साताभित्रमा गठन गर्ने, सर्वोच्च अदालतको आदेश अनुसार आइओएमका डीनमा जगदीशप्रसाद अग्रवालको नियुक्तिलाई नै निरन्तरता दिने, त्रिवि शिक्षण अस्पतालको भौतिक पूर्वाधारको सुधार र अभिवृद्धि, जनशक्तिको उचित व्यवस्था, सर्वसाधारणलाई दिइने सेवा र सुविधा लगायतका ५ वटा बुँदा समेटिएका छन् ।

     

    स्वास्थ्यमन्त्री दीपक बोहराले नेतृत्व गर्नुभएको टोलीमा स्वर्णिम वाग्ले, डा गोविन्द पोखरेल समेत सहभागी हुनुहुन्थ्यो भने डा केसीका पक्षबाट डा अभिषेश सिंह, डा सुमन आचार्य, अधिवक्ता ओमप्रकाश अर्याल लगायतको सहभागिता थियो । मन्त्री बोहोराले सर्वोच्च अदालतको पछिल्लो आदेशले प्रधानन्यायाधीश गोपाल पराजुलीको शैक्षिक प्रमाणपत्र र नागरिकताको विषयमा फाइल मगाएको र थप छानबिनको प्रक्रिया समेत अघि बढ्ने भएकाले अनसन अन्त्य गर्न आग्रह गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...