News Portal

  • यी हुन् उपत्यकाका २३ ‘ब्ल्याक स्पट’

    काठमाडौँ, २ माघ
    १००१ पटक
    काठमाडौँ, २ माघ

    उपत्यकाभित्र ट्राफिक प्रहरीले मापसे (मादक पदार्थ सेवन) गरी सवारीसाधन चलाउनेविरुद्धको कारबाही कडा गरे पनि सवारी दुर्घटना घटेको छैन । आजको नयाँ पत्रिकामा खबर छ ।

    दुर्घटनामा मृत्यु हुनेको संख्या पनि झन्–झन् बढेको छ । मापसे कारबाही सुरु गर्नुभन्दा अघिका पाँच वर्षको तुलनामा सुरु गरेपछिका पाँच वर्षमा दुर्घटना र मृत्युदर दुवै बढेको छ । दुर्घटना २५ र मृत्युदर ७ प्रतिशतले बढेको छ ।

    मापसे चेकजाँचपछि ७७१ को मृत्यु

    महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार मापसे कारबाही सुरु हुनुभन्दा अघिल्लो पाँच वर्षमा काठमाडौं उपत्यकाभित्र १९ हजार ९० दुर्घटना भएका थिए । जसमा सात सय २२ ले ज्यान गुमाए । मापसे कारबाही सुरु गरेपछिको पाँच वर्षमा उपत्यकाभित्र २५ हजार ६ सय ३९ सवारी दुर्घटना भए । जसमा ७७१ ले ज्यान गुमाएका छन् ।

    अघिल्लो पाँच वर्षको तुलनामा मापसेविरुद्ध कारबाही सुरु गरेयता ६५ सय ४९ धेरै सवारी दुर्घटना भएका छन् । मृत्यु हुनेको संख्या पनि अघिल्लो पाँच वर्षको तुलनामा पछिल्लो पाँच वर्षमा ४९ ले बढेको छ ।

    -ट्राफिक महाशाखाका प्रवक्ता एसएसपी उमेश रञ्जितकारले मापसे कारबाही कडाइ नगरेको भए दुर्घटना र मृत्यु हुनेको संख्या अझ बढ्ने दाबी गरे ।

    यी हुन् ‘ब्ल्याक स्पट’

    उपत्यकामा सवारी दुर्घटना बढेपछि ट्राफिक प्रहरीले विभिन्न २३ स्थानलाई ‘ब्ल्याक स्पट’ का रूपमा पहिचान गरेको छ । महाशाखाका अनुसार उपत्यकाभित्र कलंकी, बबरमहल, मिनभवन, एयरपोर्ट, माइतीघर, घन्टाघर, भक्तपुर, सातदोबाटो, ग्वार्को, थानकोट, सीतापाइला, गोंगबु, महराजगन्ज, सुकेधारा, चाबहिल, जावलाखेल, बौद्ध, कालीमाटी, सिंहदबार, गौशाला, बुढानीलकण्ठ, सानेपा र सल्लाघरी ‘ब्ल्याक स्पट’ का रूपमा पहिचान गरिएका ठाउँ हुन् ।

    मापसे चेकजाँच गर्नुभन्दा अघिल्लो पाँच वर्ष
    ०६४–६५ – दुर्घटना २२११, मृत्यु १२०
    ०६५–६६– दुर्घटना २७६५ , मृत्यु १३७
    ०६६–६७– दुर्घटना ४१०४ , मृत्यु १४६
    ०६७–६८ दुर्घटना ४९१४, मृत्यु १७१
    ०६८–६९ दुर्घटना ५०९६ , मृत्यु १४८
    जम्मा दुर्घटना १९०९०, मृत्यु हुने ७२२

    मापसे चेकजाँचपछिको पाँच वर्ष
    ६९–७० दुर्घटना ४७७० , मृत्यु १४७
    ०७०–७१ दुर्घटना ४६७२ मृत्यु १४३
    ०७१–७२ दुर्घटना ४९९९ , मृत्यु १३३
    ०७२–७३ दुर्घटना ५६६८ , मृत्यु १६६
    ०७३–७४ दुर्घटना ५५३० , मृत्यु १८२
    जम्मा दुर्घटना २५६३९, मृत्यु हुने ७७१

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...